चीनको अर्थतन्त्र अपेक्षाभन्दा धेरैले बढ्यो

चीनको अर्थतन्त्र अपेक्षाभन्दा धेरैले बढ्यो : Icon Khabar

बेइजिङ, असार ३१ । चीनको अर्थतन्त्र अपेक्षाकृत धेरैले बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको ट्यारिफ (अतिरिक्त भन्सार महसुल) र घर जग्गा बजारमा लामो समयदेखि व्याप्त संकटका बीचमा समेत विश्वको दोस्रो ठूलो अर्थतन्त्र बढेको हो ।

सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको सोही अवधिको तुलनामा जुनमा सकिएको तीन महीनामा त्यहाँको अर्थतन्त्र ५ दशमलव २ प्रतिशतले बढेको छ । वृद्धिको यो दर अर्थशास्त्रीहरूले अनुमान गरेको भन्दा धेरै हो । यद्यपि, अघिल्लो त्रैमासको तुलनामा चाँहि जुन त्रैमासको यो वृद्धिदर कम हो ।

अर्थतन्त्रलाई टेवा दिन सरकारले घोषणा गरेको प्याकेज र ट्यारिफ युद्धमा अमेरिकासँगको युद्धविरामको आंशिक प्रभावका कारण अहिलेसम्म चीनले आर्थिक वृद्धिदरमा तीव्र कमी छल्न सकिरहेको छ । चुनौतीहरू हुँदाहुँदै पनि अर्थतन्त्रले दबाब थेग्न र स्थिर सुधार हासिल गर्न सकेको चीनको राष्ट्रिय तथ्यांक विभागले एक विज्ञप्तिमा भनेको छ । समीक्षा अवधिमा कारखाना क्षेत्रमा भएको तीव्र वृद्धिका कारण पनि आर्थिक वृद्धिदरले भरथेग पाएको अधिकारीहरू भन्छन् ।

जुन त्रैमासमा सेवा क्षेत्रमा पनि वृद्धि देखिएको थियो । तर जुनमा भने खुद्रा विक्री सुस्ताएको छ । मंगलबार सार्वजनिक भएको सरकारी तथ्यांकले जुनमा नयाँ घरको मूल्य आठ महिनाकै तीव्र गतिमा घटेको देखाएको छ । घरजग्गाको मूल्यलाई टेवा दिने एक पछि अर्को चरणमा कार्यक्रमहरू ल्याइएको भएपनि त्यहाँको घरजग्गा उद्योग धर्मराइरहेको यसले संकेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 July 2025
Website | + posts










ताजा
अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर अधिकारीलाई राजदूतद्वारा बिदाई
स्पेन प्रकरण: असम्बन्धित व्यक्तिलाई लैजाने गिरोहबारे छानबिन गर्न सीआईबीले बनायो समिति
चीनको अर्थतन्त्र अपेक्षाभन्दा धेरैले बढ्यो
पहिरोले बिपी राजमार्गका विभिन्न तीन स्थानमा यातायात अवरुद्ध










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला