अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर अधिकारीलाई राजदूतद्वारा बिदाई

अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर अधिकारीलाई राजदूतद्वारा बिदाई : Icon Khabar

काठमाडौँ, असार ३१ । युएईलाई आफ्नो कर्मक्षेत्र बनाउँदै आएका अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर तथा युएई तेक्वान्दो फेडेरेसनका पहिलो नेपाली राष्ट्रिय रेफ्री जगन अधिकारीलाई युएईको आबुधावीस्थित नेपाली राजदूतावासमा राजदूत तेजबहादुर क्षेत्री लगायत दूतावास परिवारले बिदाई गरेका छन् ।

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस सहरमा हुन गईरहेको २०२५ वल्र्ड तेक्वान्दो हानमादाङ प्रतियोगितामा अफिसियल रेफ्रीको भूमिका निर्वाह गर्न अधिकारी सोमबार त्यस तर्फ प्रस्थान गरेका छन् । यही जुलाई १७ बिहीबारदेखि जुलाई १९ शनिबारसम्म हुने वल्र्ड तेक्वान्दो हानमादाङ प्रतियोगितामा अफिसियल रेफ्रीको भुमिका निर्वाह गर्न युएईबाट त्यस तर्फ प्रस्थान गरेका हुन् ।

युएईको आबुधाबिमा बिभिन्न देशका खेलाडिहरुलाई तेक्वान्दो प्रशिक्षण गराउदै आएका अधिकारीले गत मे मा कोरियामा सम्पन्न २०२५ बैकसेओक विश्वविद्यालय राष्ट्रपति कप अनलाइन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पुम्से बिधा तर्फ कास्य पदक जित्न सफल भएका थिए । अधिकारीकै नेतृत्वमा गत बर्ष जुलाईमा दक्षिण कोरियामा सम्पन्न वल्र्ड तेक्वान्दो हानमादाङ प्रतियोगितामा युएईका नेपाली तेक्वान्दो खेलाडीहरुलाई सहभागी गराएका थिए ।

लामो समय देखि तेक्वान्दो खेल क्षेत्रमा सकृय रहेका अधिकारीले अमेरिकाको सिकागो सहर बाट अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर कोर्ष पुरा गरेका हुन् । गत बर्ष फेब्रुअरीमा बिश्व तेक्वान्दोको आयोजना तथा युएसए तेक्वान्दो र युएसए ओलम्पिक कमिटिको संयोजनमा अमेरिकाको रेनो स्पार्क कन्भेन्सन सेन्टर रेनो नेभाडमा सम्पन्न बिश्व वरियता जी–२ युएस ओपन तेक्वान्दो प्रतियोगितामा पनि अधिकारीले नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए ।

यसैगरि दुवईका राजकुमार शेख कमदान बिन मोहम्मद बिन रसिद अल मकतुमको पहलमा दुवई डिपार्टमेन्ट अफ इकोनोमी एण्ड टुरिजमले आयोजना गरेको दुबई फिटनेश च्यालेन्जमा समेत प्रशिक्षकको भूमिका निर्वाह गरेका अधिकारीले कराते र बक्सिङ्गका नेपाली प्रशिक्षक र खेलाडीहरुलाई समेत सहभागी हुन अवसर प्रदान गरेका थिए ।

Published Date: 15 July 2025


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु