भक्तपुर घरेलु तथा साना उद्योग संघद्वारा प्रजिअ पाण्डेको स्वागत

भक्तपुर घरेलु तथा साना उद्योग संघद्वारा प्रजिअ पाण्डेको स्वागत : Icon Khabar

भक्तपुर, असार २३ । भक्तपुर घरेलु तथा साना उद्योग संघद्धारा भक्तपुर जिल्लामा पदभार ग्रहण गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई संघमा स्वागत तथा उद्यमी व्यवशायी विच परिचयात्मक कार्यक्रम संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठको सभापतित्वमा सम्पन्न भयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी पाण्डले भक्तपुर एउटा सास्कृतिक र पर्यटकीय जिल्ला मात्र नभई अन्य जिल्ला भन्दा शान्त जिल्लाको रुपमा रहेको र आफ्नो कार्यकालमा भक्तपुर जिल्लाको शान्ति सुरक्षा लगायत आफुले सक्ने क्षेत्रमा यहाँका हरेक संघ संस्थासँग हातेमालो गर्दै जाने धारणा राख्दै यहाँको लघु घरेलु तथा साना उद्योग र यहाँका मौलिक उत्पादनलाई प्रवर्द्धन गर्न संघ सँग सहकार्य गर्ने धारणा व्यक्त गरे। साथै प्रमुख जिल्ला अधिकारी पाण्डेले हरेक जिल्लाको पहिचान नै त्यहाँको यस्तै घरेलु तथा साना उद्योगबाट उत्पादित बस्तुहरु भएको जागिरको सिलसिलामा विभिन्न जिल्ला पुग्दा अनुभव गरेको जानकारी गराए ।

कार्यक्रममा संघका संस्थापक सदस्य एव नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठले भक्तपुर घरेलु तथा साना उद्योग संघको स्थापना र यस्को औचित्य माथि प्रकास पार्दै भक्तपुरमा घर घरमा उत्पादन हुने अयला लाई गुणस्तर मापदण्द बनाई ब्राण्डिण गर्नुपर्ने र यसको लागि प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धित निकायमा यस बारे जानकारी गराउनु पर्ने धारणा राखे।

त्यसैगरी गो लोकल कार्यक्रमका संयोजक विरेन्द्र जतिले भक्तपुरमा उत्पादन हुने मौलिक उत्पादनलाई आन्तरिक तथा बाह्य पर्यटकसँग जोडी प्रवर्द्धन गर्न गो लोकल कार्यक्रम संचालन गरिरहेको जानकारी गराए । साथै उनले नेपला सरकारले महिला उद्यमी सहुलियत कर्जामा प्रदान गरीने ब्याज अनुदान विगत १६ महिना देखि पाउन नसकेको हुन्दा सम्बन्धित निकायमा पहल गरिदिन अनुरोध गरे भने विगत देखि नै नेपाल सरकारले स्वदेशी वस्तु उपयोगिता निर्देशिका ल्याएता पनि प्रभावकारी रुपमा संचालन नभएको कारण प्रमुख जिल्ला अधिकारीको पहल भक्तपुरबाट कार्यान्वयन गर्न सके उदाहरणीय बने बताए।

त्यसै गरी कार्यक्रममा संघका निवर्तमान अध्यक्ष प्रेमकृष्ण खर्बुजाले भक्तपुर घरेलु तथा साना उद्योग संघले अनौपचारिक रुपमा संचालन गरी रहेको उद्योग व्यवशायलाई सम्बन्धित निकायमा दर्ता नविकरण लगायत कार्यमा सहजीकरण गरिरहेको र लघु घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्न समय समयमा तालिम गोष्ठी सचेतना कार्यक्रमको साथै मेला महोत्सव गरिरहेको जानकारी गराए । संघका अध्यक्ष तथा कार्यक्रमका सभापति श्यामसुन्दर श्रेष्ठले भक्तपुर घरेलु तथा साना उद्योग संघको स्थापना क्रियाकलाप र विगत देखि जिल्ला प्रशासन कार्यालयसँग संघको सहकार्य बारे जानकारी गराए।

कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघका पदेन उपाध्यक्ष तथा सुर्यविनायक नगर समितिका सयोजक दयाराम मचामसी नेपाल सरकारबाट उत्कृष्ट कृषक २०८१ बाट सम्मानित भएकोमा बधाई ज्ञापन पनि गरेको थियो भने संघका सचिव श्रीजना कक्षपति तथा महिला उद्यमी समितिका अध्यक्ष कमलश्वरी खर्बुजाले महिला उद्यमीहरुको उत्थानको लागि संघले खेलको भुमिका बारे चर्चा गरे।

Published Date: 07 July 2025


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु