चाँगुनारायणमा जनप्रतिनिधिका तीन वर्ष : विकास र उपलब्धिबारे सञ्चारकर्मीसँग अन्तरक्रिया

चाँगुनारायणमा जनप्रतिनिधिका तीन वर्ष : विकास र उपलब्धिबारे सञ्चारकर्मीसँग अन्तरक्रिया : Icon Khabar

भक्तपुर, असार २३ । भक्तपुरको चाँगुनारायण नगरपालिकाले सञ्चारकर्मीहरूसँग नगरपालिकामा भएका विकास र नगरपालिकाले हासिल गरेका उपलब्धिबारे अन्तरक्रिaया गरेकाे छ ।

२०७९ मा भएको स्थानीय तहकाे निर्वाचनपछि चाँगुनारायण नगरपालिकामा बहाल भएका जनप्रतिनिधिहरूले तीन वर्ष पूरा गरेकाे अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरकाे आयाेजनामा नगरकाेटमा भएकाे कार्यक्रममा जनप्रतिनिधि र सञ्चारकर्मीहरूबीच अन्तरक्रिया भएको हाे ।

शनिबार र आइतबार सम्पन्न अन्तरक्रियामा विभिन्न सञ्चार माध्यममा क्रियाशील सञ्चारकर्मीहरूले चाँगुनारायण नगरपालिकामा जनप्रतिनिधि बहाल भएपछि देखिएको परिवर्तनका साथै त्यसले पारिरहेको प्रभावबारे चर्चा गर्दै नगरपालिकाले आगामी दिनमा गर्नुपर्ने कामहरूबा सन्दर्भमा सुझाव दिएका थिए ।

काठमाडौं उपत्यकाका पालिकाहरूमध्ये क्षेत्रफलका हिसाबले ठूलाे नगरपालिकाकाे रूपमा रहेकाे चाँगुनारायण नगरपालिकाले विगत ३ वर्ष ( २०७९- २०८१) सम्ममा विभिन्न जनमुखी कार्य गरेकाे जनप्रतिनिधि तथा कर्मचारीहरूले उल्लेख गर्दै नगरपालिका नमूना रूपमा अघि बढिरहेको जनाएका थिए ।

कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले जनताको अभिमत प्राप्त भएसँगै पालिकाका जनप्रतिनिधिहरू जनताको सुखदुःखका साथीका रूपमा क्रियाशील रहेकाे जनाउँदै नगरपालिकाले विकास निर्माणमा मारेको फड्काे, शिक्षा, स्वास्थ्य, सरसफाइ, विपद् व्यवस्थापन, स्वस्थ बुढ्याैली, खेलकुद, निः शुल्क रगत व्यवस्थापन, दिवा खाजा, नगरकाेट सडककाे स्तराेन्नति, नगरकाेट भ्रमण वर्ष २०८२ लगायतमा चाँगुनारायण माेडलकाे विकास गरेकाे चर्चा गरे । भने,` हामी जनप्रतिनिधिमा बहाल भएसँगै पहिलोपटक नि: शुल्क रगतको व्यवस्था गर्याैं, त्याे कामलाई अन्य पालिकाले पनि अनुशरण गरेका छन् ।

दिवा खाजामा काठमाडौं महानगरले भन्दा पहिला रकम वृद्धि गरि २५ रूपैयाँ पुर्याएका थियाै । यसका साथै विगत १२/ १३ वर्षदेखि अलपत्र नगरकाेट सडककाे स्तरान्नति भएकाे छ । याे देशभरका पालिकाहरूमध्येकाे पहिलो अभ्यास हाे । यसै नगरकाेट भ्रमण वर्षकाे प्रभाव पनि राम्रो भएको छ । ´

उनले नगरपालिकाले गरिरहेका कामहरूलाई जनताकाे आवश्यकता र मागसँग जाेडेकाे उल्लेख गर्दै त्यस्ता कामले आम नगरवासीकाे दैनिकी सहज र सरल बन्दै गएको दावी गरे ।

उनले नगरपालिकाकाे क्षमता र शक्तिले भ्याएसम्म जनमुखी काम गरिरहँदा पनि कतिपय नगरवासीहरूमा असन्ताेष र नकारात्मक भावना बाँकी रहेको जनाउँदै सामाजिक सञ्जालमा नगरपालिका र जनप्रतिनिधिकाे नकारात्मक टिप्पणी भएकोमा दु: ख मनाउ गरे । उनले नगरवासीहरूमा नागरिक भावनाकाे कमी भएकाेमा चिन्ता जनाए । नगर प्रमुख खत्रीले समाजमा स्थापित नकारात्मक भाष्यलाई सकारात्मक बनाउन सञ्चारकर्मीहरूले भूमिका निर्वाह गर्न अनुरोध गर्दै सञ्चारकर्मीहरूकाे खबरदारीका लागि पनि अनुरोध गरे ।

पूर्ण रूपमा नगरपालिका, जनप्रतिनिधि र सरकारमा निर्भर हुँदै गइरहेका नगरवासीहरूमा नगरवासीकाे भूमिकाबारे सचेत गराउनका लागि समेत सञ्चारकर्मीहरूलाई आग्रह गरेका उनले स्थानीय सञ्चार माध्यमको प्रवर्द्धनका लागि नगरपालिका लागिरहेकाे उल्लेख गरे ।

सञ्चारकर्मीहरूले राखेका जिज्ञासामा जवाफ दिँदै उनले पालिकाले प्रदेश र सङ्घीय सरकारसँग सहकार्य, समन्वय र सहअस्तित्वका साथ लागिरहेकाे जनाए । उनले शिक्षामा गुणस्तर भित्र्याउन नीतिगत रूपमा लागिरहेको , फाेहाेरमैला व्यवस्थापन गरिरहेकाे, ढल व्यवस्थापन कार्य अघि बढेकाे, स्वास्थ्य सेवालाई सहज र पहुँचयुक्त बनाएकाे, पर्ती संरक्षण, पर्यटन प्रवर्द्धनका गतिविधि अघि बढाइरहेको समेत दाेहाेर्याए ।

उनले नगरपालिकाले गरिरहेका कामलाई नजिकैबाट नियालेर आलोचनात्मक चेतका साथ सञ्चारकर्मीहरूले सञ्चार कर्म गर्दै समाज रूपान्तरणका लागि भूमिका निर्वाह गर्न समेत अनुराेध गरे ।

कार्यक्रममा नगर उपप्रमुख रमेश बुढाथोकीले सञ्चारकर्मीहरूले पेशागत र व्यावसायिक पत्रकारिता गर्न अनुरोध गर्दै नगरपालिकामा भइरहेका विविध विषयकाे प्रचारप्रसारमा कमी भइरहँदा सञ्चारकर्मीहरूसँगकाे अन्तरक्रियाले नगरपालिकाका नमूना कामलाई जनतासम्म पुर्याउन सहायक हुने बताए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माेहनकुमार श्रेष्ठले जनताको घरआँगनकाे सरकारकाे रूपमा स्थानीय पालिका रहेकाले जनप्रतिनिधिहरूबाट जनताले विभिन्न विषयमा अपेक्षा राख्नुलाई स्वभाविक भएको जनाउँदै जनताका अपेक्षालाई सम्वाेधन गर्ने विषयलाई नगरपालिकाले प्राथमिकता राखेको बताए ।

कार्यक्रममा नगरपालिकाका अधिकृत सुरज पाैडेलले नगरपालिकाले विकास निर्माणका सम्बन्धमा मारेको फड्कोका सम्बन्धमा चित्रात्मक रूपमा प्रस्तुतिकरण गरेका थिए । अन्तरक्रियामा आयाेजक नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले सञ्चारकर्मीहरूले दबाब, प्रभावमा नभई तथ्यका आधारमा समाचार सम्प्रेषण गर्ने बताए । उनले नगरपालिका र जनप्रतिनिधिकाे गुण र दाेषका आधारमा महासंघले सहयाेग गर्ने उल्लेख गर्दै सञ्चारकर्मीहरूले वाचडगकै रूपमा रही पत्रकारिता गर्दा त्यसले नगरपालिकालाई सहज हुने बताए ।

चाँगुनारायण नगरपालिकाका नगर प्रवक्ता जनक खत्री, वडा अध्यक्ष धनबहादुर लामा, वडा सदस्य श्यामकाजी नायजु, नगरपालिकाका विभिन्न शाखाका कर्मचारीका साथै भक्तपुरमा क्रियाशील सञ्चारकर्मीहरूकाे उपस्थितिमा सम्पन्न अन्तरक्रियामा नेपाल पत्रकार महासंघ भक्तपुरका सहसचिव एवम् कार्यक्रम संयाेजक हरिसुन्दर छुकांले पत्रकारिता सत्यमा आधारित भएकाले सत्यतथ्य विषय बाहिरिँदा सुशासनकाे आधार बन्ने जनाए ।

उनले स्थानीय तहलाई सही मार्गमा लग्नका लागि प्रतिपक्षीकाे भूमिकामा रहेका सञ्चारकर्मीहरूलाई पालिकाले सहयाेग गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 July 2025
Website | + posts








ताजा
असार सकिनै लाग्दा देशैभर करीब ४२ प्रतिशत धान रोपाइँ
भक्तपुर घरेलु तथा साना उद्योग संघद्वारा प्रजिअ पाण्डेको स्वागत
चाँगुनारायणमा जनप्रतिनिधिका तीन वर्ष : विकास र उपलब्धिबारे सञ्चारकर्मीसँग अन्तरक्रिया
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला