असार सकिनै लाग्दा देशैभर करीब ४२ प्रतिशत धान रोपाइँ

असार सकिनै लाग्दा देशैभर करीब ४२ प्रतिशत धान रोपाइँ : Icon Khabar

काठमाडौं, असार २३ । हुन त असार सकिन अझै नौ दिन बाँकी छ, यद्यपि यो वर्ष असार २२ गतेसम्म देशभर करीब ४१.९ प्रतिशतमात्र धान रोपाइँ सम्पन्न भएको छ । त्यसमध्ये सूदूरपश्चिममा सबैभन्दा धेरै ८२.८ प्रतिशत रोपाइँ सकिएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार देशभर १३ लाख ८७ हजार ४१५ हेक्टर जमिनमा बर्षे धान खेती हुने गरेकोमा हालसम्म जम्मा ५ लाख ८० हजार ८८६ हेक्टर जमिनमा रोपाइँ सकिएको हो ।

गत वर्ष असार २३ सम्म ४३.५ प्रतिशत धान रोपाइँ सकिएको थियो । प्रदेशगत हिसाबले सूदूरपश्चिम प्रदेशमा मात्रै हाल सम्म ८२.८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । गत वर्ष यो अवधिसम्म सूदूरपश्चिममा ८६ प्रतिशत धान रोपाइँ सकिएको थियो ।

सूदूरपश्चिममा कुल १ लाख ७६ हजार १५१ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेकोमा हाल सम्म १ लाख ४५ हजार ९३२ हेक्टरमा रोपाइँ सकिएको हो ।
कर्णाली प्रदेशमा हाल सम्म ७१.७ प्रतिशत धान रोपाइँ सकिएको छ । यस प्रदेशमा ४० हजार ८८४ हेक्टरु जमिनमा धान खेती गरिन्छ ।

त्यसमध्ये हालसम्म करिब २९ हजार २९९ हेक्टरमा रोपाइँ सकिएको छ । गत वर्षको यस अवधिसम्म भने यस प्रदेशमा हालसम्म करिब ७८ प्रतिशत रोपाइँ सकिएको थियो ।

लुम्बिनी प्रदेशमा हाल सम्म ५२.१ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष योे अवधिमा लुम्बिनीमा ४४.४ प्रतिशत धान रोपाइँ भएको थियो । यस प्रदेशमा कुल ३ लाख २ हजार ९३६ हेक्टर जमिनमा धानखेती हुने गरेको छ ।

गण्डकी प्रदेशमा हाल सम्म ५५.६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । गत वर्ष यस अवधिसम्म यस प्रदेशमा ४९.७ प्रतिशत मात्रै धान रोपाइँ सकिएको थियो । यस प्रदेशमा कुल ९४ हजार १८२ हेक्टरमा धानखेती हुने गरेको छ ।

बागमती प्रदेशमा हाल सम्म ५१.९ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस अवधि सम्म यहाँ करीब साढे ४१ प्रतिशत धान रोपाइँ भएको थियो । यस प्रदेशमा कुल १ लाख २० हजार ५४५ हेक्टर जमिनमा धानखेती हुने गरेको मन्त्रालयले जनाएको छ ।

मधेश प्रदेशमा हालसम्म सबैभन्दा कम १३.६ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस अवधि सम्म यस प्रदेशमा ३४.४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो । यस प्रदेशमा कुल ३ लाख ७६ हजार ३२७ हेक्टर जमिनमा धानखेती हुनेगरेको छ ।

कोशी प्रदेशमा हाल सम्म २९.५ प्रतिशत धान रोपाइँ सकिएको छ । यस प्रदेशमा कुल २ लाख ७६ हजार ३८७ हेक्टर जमिनमा धानखेती हुने गरेको छ । यहाँ गतवर्ष यस अवधि सम्म ३४.४ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 July 2025
Website | + posts




ताजा
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध
भीषण पहिरोले दार्जिलिङमा १८ जनाको नेपाली भाषीको मृत्यु
चीनले मानिसजस्तै बौद्धिक एजीआई बनाउने


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने
शीतलनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ