असार सकिनै लाग्दा देशैभर करीब ४२ प्रतिशत धान रोपाइँ

असार सकिनै लाग्दा देशैभर करीब ४२ प्रतिशत धान रोपाइँ : Icon Khabar

काठमाडौं, असार २३ । हुन त असार सकिन अझै नौ दिन बाँकी छ, यद्यपि यो वर्ष असार २२ गतेसम्म देशभर करीब ४१.९ प्रतिशतमात्र धान रोपाइँ सम्पन्न भएको छ । त्यसमध्ये सूदूरपश्चिममा सबैभन्दा धेरै ८२.८ प्रतिशत रोपाइँ सकिएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार देशभर १३ लाख ८७ हजार ४१५ हेक्टर जमिनमा बर्षे धान खेती हुने गरेकोमा हालसम्म जम्मा ५ लाख ८० हजार ८८६ हेक्टर जमिनमा रोपाइँ सकिएको हो ।

गत वर्ष असार २३ सम्म ४३.५ प्रतिशत धान रोपाइँ सकिएको थियो । प्रदेशगत हिसाबले सूदूरपश्चिम प्रदेशमा मात्रै हाल सम्म ८२.८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । गत वर्ष यो अवधिसम्म सूदूरपश्चिममा ८६ प्रतिशत धान रोपाइँ सकिएको थियो ।

सूदूरपश्चिममा कुल १ लाख ७६ हजार १५१ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेकोमा हाल सम्म १ लाख ४५ हजार ९३२ हेक्टरमा रोपाइँ सकिएको हो ।
कर्णाली प्रदेशमा हाल सम्म ७१.७ प्रतिशत धान रोपाइँ सकिएको छ । यस प्रदेशमा ४० हजार ८८४ हेक्टरु जमिनमा धान खेती गरिन्छ ।

त्यसमध्ये हालसम्म करिब २९ हजार २९९ हेक्टरमा रोपाइँ सकिएको छ । गत वर्षको यस अवधिसम्म भने यस प्रदेशमा हालसम्म करिब ७८ प्रतिशत रोपाइँ सकिएको थियो ।

लुम्बिनी प्रदेशमा हाल सम्म ५२.१ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष योे अवधिमा लुम्बिनीमा ४४.४ प्रतिशत धान रोपाइँ भएको थियो । यस प्रदेशमा कुल ३ लाख २ हजार ९३६ हेक्टर जमिनमा धानखेती हुने गरेको छ ।

गण्डकी प्रदेशमा हाल सम्म ५५.६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । गत वर्ष यस अवधिसम्म यस प्रदेशमा ४९.७ प्रतिशत मात्रै धान रोपाइँ सकिएको थियो । यस प्रदेशमा कुल ९४ हजार १८२ हेक्टरमा धानखेती हुने गरेको छ ।

बागमती प्रदेशमा हाल सम्म ५१.९ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस अवधि सम्म यहाँ करीब साढे ४१ प्रतिशत धान रोपाइँ भएको थियो । यस प्रदेशमा कुल १ लाख २० हजार ५४५ हेक्टर जमिनमा धानखेती हुने गरेको मन्त्रालयले जनाएको छ ।

मधेश प्रदेशमा हालसम्म सबैभन्दा कम १३.६ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस अवधि सम्म यस प्रदेशमा ३४.४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो । यस प्रदेशमा कुल ३ लाख ७६ हजार ३२७ हेक्टर जमिनमा धानखेती हुनेगरेको छ ।

कोशी प्रदेशमा हाल सम्म २९.५ प्रतिशत धान रोपाइँ सकिएको छ । यस प्रदेशमा कुल २ लाख ७६ हजार ३८७ हेक्टर जमिनमा धानखेती हुने गरेको छ । यहाँ गतवर्ष यस अवधि सम्म ३४.४ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

Published Date: 07 July 2025


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु