अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट : Icon Khabar

काठमाडौँ, असार २३ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको भाउ ०.७९ प्रतिशत अर्थात २६.३७ डलरले घटेको छ ।

यो गिरावटसँगै यतिबेला सुनको कारोबार प्रतिऔंस ३ हजार ३१० डलरमा भईरहेको छ । सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थुप्रै व्यापारिक सम्झौता र विभिन्न देशहरुलाई घोषणा गरिएको ट्यारिफको समयसिमा लम्बाउने संकेत गरेसँगै बहुमूल्य धातु सुनको मूल्यमा गिरावट आएको हो ।

ट्रम्पले विभिन्न देशहरुसँगको व्यापारिक सम्झौता अन्तिम चरणमा रहेको र उच्च ट्यारिफ लगाएका देशहरुलाई नयाँ ट्यारिफ दर जुलाई ९ मा घोषणा गरिने र यो अगस्ट १ देखि लागू हुने बताएका छन् । .

आज चाँदीको भाउ समेत ओरालो लागेको छ । चाँदी आज ०.१५ डलरले घट्दै प्रतिऔंस ३६.७८ डलर कायम भएको छ ।

Published Date: 07 July 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै