अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट : Icon Khabar

काठमाडौँ, असार २३ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको भाउ ०.७९ प्रतिशत अर्थात २६.३७ डलरले घटेको छ ।

यो गिरावटसँगै यतिबेला सुनको कारोबार प्रतिऔंस ३ हजार ३१० डलरमा भईरहेको छ । सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थुप्रै व्यापारिक सम्झौता र विभिन्न देशहरुलाई घोषणा गरिएको ट्यारिफको समयसिमा लम्बाउने संकेत गरेसँगै बहुमूल्य धातु सुनको मूल्यमा गिरावट आएको हो ।

ट्रम्पले विभिन्न देशहरुसँगको व्यापारिक सम्झौता अन्तिम चरणमा रहेको र उच्च ट्यारिफ लगाएका देशहरुलाई नयाँ ट्यारिफ दर जुलाई ९ मा घोषणा गरिने र यो अगस्ट १ देखि लागू हुने बताएका छन् । .

आज चाँदीको भाउ समेत ओरालो लागेको छ । चाँदी आज ०.१५ डलरले घट्दै प्रतिऔंस ३६.७८ डलर कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 July 2025
Website | + posts




ताजा
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध
भीषण पहिरोले दार्जिलिङमा १८ जनाको नेपाली भाषीको मृत्यु
चीनले मानिसजस्तै बौद्धिक एजीआई बनाउने


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने