बनेपा–नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध

बनेपा–नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध : Icon Khabar

काभ्रेपलाञ्चोक, असार २३ । पुण्यमाता खोलाको पुल भाँचिएर ह्युमपाइप राखेर खुलाइएको बनेपा–नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

आइतबार साँझदेखि नाला क्षेत्रमा परेको वर्षाको कारण ह्युमपाइप माथिको माटो बाढीले बगाइदिएपछि सडक बन्द भएको इलाका पहरी कार्यालय बनेपाले जनाएको छ ।

फलाममा अड्याइएको पुल शुक्रबार राति भाँचिएपछि बनेपा–नाला–भक्तपुर सडकखण्डको पुण्यमाता खोलामा बनेपा नगरपालिका र सडक विभागको पहलमा आइतबार बिहानमात्रै ह्युमपाइप राखेर खुलाइएको थियो ।

अरनिको राजमार्गको धुलिखेल–सूर्यविनायक सडकको वैकल्पिक मार्गसमेत रहेको सडकमा पूर्णरुपमा बन्द भएको छ ।

Published Date: 07 July 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै