बिपी राजमार्गमा १५ दिन सवारी साधन चलाउन रोक

बिपी राजमार्गमा १५ दिन सवारी साधन चलाउन रोक : Icon Khabar
फाइल तस्बिर

काठमाडौँ, असार ६ । बिपी राजमार्गमा १५ दिन राति चलाउनका लागि रोक लगाउने निर्णय भएको छ।

काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले शुक्रबार बिपी राजमार्गमा राति गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो।

साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म मालवाहक गाडी बाहेक अन्य सवारी साधनलाई चल्न नदिने निर्णय भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटखण्ड बढी जोखिमयुक्त भएकाले गाडी चलाउन रोक लगाइएको हो।

उनका अनुसार काठमाडौंबाट जाने काभ्रे भञ्ज्याङमा रोकिने र काठमाडौं आउनेलाई सिन्धुलीको खुर्कोटमा राखिने निर्णय भएको छ। ‘बर्खाको पानीले सडक जताजतै बगाएको र यात्रा जोखिम हुने भएकाले उक्त निर्णय गरेका हौं,’ उनले भने, ‘तत्काल कार्यान्वयन गर्छौं।’

Published Date: 20 June 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली