बिपी राजमार्गमा १५ दिन सवारी साधन चलाउन रोक

बिपी राजमार्गमा १५ दिन सवारी साधन चलाउन रोक : Icon Khabar
फाइल तस्बिर

काठमाडौँ, असार ६ । बिपी राजमार्गमा १५ दिन राति चलाउनका लागि रोक लगाउने निर्णय भएको छ।

काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले शुक्रबार बिपी राजमार्गमा राति गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो।

साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म मालवाहक गाडी बाहेक अन्य सवारी साधनलाई चल्न नदिने निर्णय भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटखण्ड बढी जोखिमयुक्त भएकाले गाडी चलाउन रोक लगाइएको हो।

उनका अनुसार काठमाडौंबाट जाने काभ्रे भञ्ज्याङमा रोकिने र काठमाडौं आउनेलाई सिन्धुलीको खुर्कोटमा राखिने निर्णय भएको छ। ‘बर्खाको पानीले सडक जताजतै बगाएको र यात्रा जोखिम हुने भएकाले उक्त निर्णय गरेका हौं,’ उनले भने, ‘तत्काल कार्यान्वयन गर्छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 June 2025
Website | + posts




ताजा
सरकारले भदौ २३–२४ का प्रदर्शनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने
दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उच्च
सोमबार नेप्से परिसूचक ८.२४ अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)