काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारी साधनले १२ स्थानबाट सडकको अवस्थाबारे जानकारी पाउने

काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारी साधनले १२ स्थानबाट सडकको अवस्थाबारे जानकारी पाउने : Icon Khabar

काठमाडौँ, असार ६ । काठमाडौँ उपात्यकाबाट बाहिरिने लामा तथा मध्यम दुरीका सवारी साधनले १२ स्थानबाट बाढी–पहिरो र सडकको अवस्थाबारे जानकारी पाउने भएका छन् ।

नयाँबसपार्क, कलंकी, नागढुङ्गा, बल्खु, फर्पिङ, कोटेश्वर, भक्तपुर, चापागाउँ, साँखु, टोखा, तिनपिप्ले र भिमढुंगा गरी १२ वटा स्थानमा स्थापना गरिएका नागरिक सहायता कक्षबाट मनसुन जन्य प्राकृतिक प्रकोप (बाढी–पहिरो)का साथै सडकको अवस्था बारे जानकारी दिइने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

जहाँबाट सवारी चालक, परिचालक साथै यात्रुले पनि अपनाउनु पर्ने तयारी र सावधानीका विषयमा जानकारी प्रदान गरिनेछ । यस्तो नागरिक सहायता कक्षको शुक्रबार आयोजित एक कार्यक्रमका बिच उद्घाटन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

राजधानीको गोङ्गबु स्थित नयाँबसपार्कमा आयोजित उक्त समारोहमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर स्वाँर, नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीमज्वाला राई, नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा गोबिन्द थापालगायतको सहभागिता थियो ।

कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बाढी पहिरोका कारण सडक अवरुद्ध भइ अप्रिय घटना घट्नुका साथै जन धनको क्षति समेत हुन सक्ने भएकाले प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनिकरणका लागि नागरिक सहायता कक्षको स्थापना गरिएको बताए ।

Published Date: 20 June 2025








ताजा
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्यो
अरनिको राजमार्ग सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार आयोजनाको काम सुस्त
आईपिएलमा चेन्नईको ऐतिहासिक जित: मुम्बई १०३ रनले पराजित
२०औं लोकतन्त्र दिवस: संघीय लोकतान्त्रिक गणतन्त्रको जगका रूपमा आज देशभर मनाइँदै








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा