काठमाडौँ, असार ६ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले असार ३ गते देखि २०८२ साल भदौ मसान्तसम्म सडक भत्काउन निषेध गरेको छ।
वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनको लागि सडक खन्दा तत्कालै मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएको सडक भत्काउन निषेध गरेको कार्यालयले सार्वजनिक सूचनामार्फत् जानकारी दिएको छ।
‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनको लागि सडक खन्दा तत्कालै मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकोले मिति २०८२ साल असार ३ गतेदेखि २०८२ साल भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहतमा रहेका कुनै पनि सडक खन्न स्वीकृति नदिइने र कसैले अनुमतिबिना सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ।
यस कार्यालय मातहत १० वटा सडक डिभिजन रहेका छन्। ती सबै कार्यालयलाई सडक भत्काउन अनुमति नदिन परिपत्र गरिएको हो।
Published Date: 20 June 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1