काठमाडौँ चक्रपथभित्रका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाइयो

काठमाडौँ चक्रपथभित्रका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाइयो : Icon Khabar

काठमाडौँ, असार ६ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सूचना निकालेर चक्रपथभित्रका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाइएको जानकारी दिएको हो ।

काठमाडौं जिल्लाको चक्रपथ र चक्रपथ भित्रका तोकिएको स्थान बाहेकका सार्वजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरू गर्न निषेध आदेश जारी गरेको थियो ।

तर, हाललाई अब निषेधाज्ञा कायम नरहेको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जानकारी दिएको छ ।

काठमाडौं, असार १ । असारमा पनि बैंकहरुले ब्याजदर घटाएका छन् । केहीले घटाउँदा कतिपयले भने जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन् । तर यस महिना कुनै पनि ब्यजदर बढाएका भने छैनन् । ब्याजदर घट्दै जाँदा सेयर बजारसहितका क्षेत्रमा भने राहत पुग्ने देखिएको छ ।प्रणालीमा अधिक तरलता भएपछि बैंकहरुले निरन्तर ब्याजदर घटाउँदै आएका छन् ।

असारमा ५ बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटेको छ भने अरुले जेठ महिनाकै ब्यादरलाई निरन्तरता दिएका छन् । असार महिनाका लागि ब्याजदर घटाउने बैंकहरु कृषि विकास बैंक, कुमारी बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक र एनआइसी एसिया बैंक रहेका छन् ।

असारमा वाणिज्य बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर अ‍ैसतमा ५.९० प्रतिशत कायम भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि ब्याजदर न्यून विन्दुमा आएको हो । तर, कर्जा प्रवाह हुन सकेको छैन । ब्याजदर घट्दा कर्जा लिनेहरुलाई भने निकै ठूलो राहत हुन्छ । ब्याजदर घट्दा लगानीको वातावरण बनाउन भने सहयोग पुग्ने देखिन्छ ।

झन्डै डेढ वर्षदेखि बैंकहरु लगातारजसो ब्याजदर घटाउँदै आएका छन् । यद्यपि, अपेक्षा अनुसार कर्जा प्रवाह भने भएको छैन । पछिल्ला महिनाहरुमा बैंकह्रले लगातारजसो ब्याजदर घटाइरहेका छन् । प्रणालीमा अधिक तरलता अवस्था छ । कर्जा प्रवाह हुन सकेको छैन ।

नीतिगत अवरोधका कारण कर्जा प्रवाह हुन नसकेको बैंकहरुको आरोप छ । ब्याजदर घटाउँदै जाँदा अब बेस रेट पनि घट्दै जानेछ । यसले कर्जाको ब्याजदर पनि थप घट्नेछ । ब्याजदर घटेपछि कर्जा तथा लगानी विस्तार हुने अनुमान गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 June 2025






ताजा
कुलमान घिसिङको राजीनामापछि अलपत्र बनेको भक्तपुर–अरनिको राजमार्ग विस्तार
राष्ट्रिय परिचयपत्रको नाममा हैरानी: कति पटक आवेदन दिनुपर्ने?
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
च्याम्पियन्स लिग : प्रिमियर लिगका पाँच क्लब सोझै अन्तिम १६ मा, न्युकासलले प्लेअफ खेल्ने


ट्रेन्डिङ
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न