काठमाडौँ चक्रपथभित्रका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाइयो

काठमाडौँ चक्रपथभित्रका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाइयो : Icon Khabar

काठमाडौँ, असार ६ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सूचना निकालेर चक्रपथभित्रका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाइएको जानकारी दिएको हो ।

काठमाडौं जिल्लाको चक्रपथ र चक्रपथ भित्रका तोकिएको स्थान बाहेकका सार्वजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरू गर्न निषेध आदेश जारी गरेको थियो ।

तर, हाललाई अब निषेधाज्ञा कायम नरहेको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जानकारी दिएको छ ।

काठमाडौं, असार १ । असारमा पनि बैंकहरुले ब्याजदर घटाएका छन् । केहीले घटाउँदा कतिपयले भने जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन् । तर यस महिना कुनै पनि ब्यजदर बढाएका भने छैनन् । ब्याजदर घट्दै जाँदा सेयर बजारसहितका क्षेत्रमा भने राहत पुग्ने देखिएको छ ।प्रणालीमा अधिक तरलता भएपछि बैंकहरुले निरन्तर ब्याजदर घटाउँदै आएका छन् ।

असारमा ५ बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटेको छ भने अरुले जेठ महिनाकै ब्यादरलाई निरन्तरता दिएका छन् । असार महिनाका लागि ब्याजदर घटाउने बैंकहरु कृषि विकास बैंक, कुमारी बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक र एनआइसी एसिया बैंक रहेका छन् ।

असारमा वाणिज्य बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर अ‍ैसतमा ५.९० प्रतिशत कायम भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि ब्याजदर न्यून विन्दुमा आएको हो । तर, कर्जा प्रवाह हुन सकेको छैन । ब्याजदर घट्दा कर्जा लिनेहरुलाई भने निकै ठूलो राहत हुन्छ । ब्याजदर घट्दा लगानीको वातावरण बनाउन भने सहयोग पुग्ने देखिन्छ ।

झन्डै डेढ वर्षदेखि बैंकहरु लगातारजसो ब्याजदर घटाउँदै आएका छन् । यद्यपि, अपेक्षा अनुसार कर्जा प्रवाह भने भएको छैन । पछिल्ला महिनाहरुमा बैंकह्रले लगातारजसो ब्याजदर घटाइरहेका छन् । प्रणालीमा अधिक तरलता अवस्था छ । कर्जा प्रवाह हुन सकेको छैन ।

नीतिगत अवरोधका कारण कर्जा प्रवाह हुन नसकेको बैंकहरुको आरोप छ । ब्याजदर घटाउँदै जाँदा अब बेस रेट पनि घट्दै जानेछ । यसले कर्जाको ब्याजदर पनि थप घट्नेछ । ब्याजदर घटेपछि कर्जा तथा लगानी विस्तार हुने अनुमान गर्न सकिन्छ ।

Published Date: 20 June 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु