पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाविरुद्धको महाभियोग प्रस्ताव टुङ्ग्याउन नसकेपछि संसदमा उठ्यो प्रश्न

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाविरुद्धको महाभियोग प्रस्ताव टुङ्ग्याउन नसकेपछि संसदमा उठ्यो प्रश्न : Icon Khabar

काठमाडौं, फागुन ३ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाविरुद्धको महाभियोग प्रस्ताव टुङ्ग्याउन नसकेपछि संसदमा प्रश्न उठेको छ । सांसदहरुले न्याय ढिलो गर्नु ठूलो अन्याय भएको भन्दै संसदमा प्रश्न गरेका थिए ।

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आरोप लगाउने र पेन्डिङ गर्ने प्रवृत्ति अराजकताको पराकाष्ठा र संवैधानिकताको उपहास भएको बताए । उनले भने, ‘कानूनले दिने अन्तिम निर्णय नदिई यसरी तरवार झुण्ड्याउनु, निर्णय नहुनु भनेको अराजकताको पराकाष्ठा हो, यो संवैधानिकताको उपहास हो ।

पूर्व प्रधानन्यायाधीश राणा विरुद्ध २०२२ फेब्रुअरी १३ मा प्रतिनिधिसभामा महाअभियोग दर्ता भएको थियो । राणा विरुद्धको महाभियोगको प्रस्तावलाई अन्तिम रूप दिन नसकी निलम्बनमा रहेर सेवानिवृत्त भइसकेका छन् ।

अघिल्लो प्रतिनिधिसभाको कार्यकालमा महाअभियोग सिफारिस समितिले राणालाई महाअभियोग लगाउन सिफारिस गरेको थियो । तर, सो सिफारिससहितको प्रतिवेदन प्रतिनिधिसभामा पेस हुन सकेको छैन ।

पछिल्लो निर्वाचन भएको दुई महिना बितिसकेको छ । अघिल्लो कार्यकालमा ल्याइएका महाभियोग नयाँ प्रतिनिधिसभामा जाने वा नपर्ने भन्नेबारे संसद सचिवालय र राजनीतिक दलले स्पष्ट पारेका छैनन् । त्यसैले शमराज राणाविरुद्धको महाभियोग प्रस्तावको के हुन्छ भन्ने अन्योल छ ।

यसअघि सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले राणालाई महाअभियोग प्रस्ताव अघि सारेको यसअघिको प्रतिनिधिसभाको कार्यकाल सकिएको तर्क गर्दै आफूविरुद्धको महाभियोग प्रभावहीन भएको भन्दै पत्र दिएका थिए । सर्वोच्च अदालतले राणालाई गौतमले दिएको क्लीन चिट कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

नेपाली कांग्रेसका सांसद केसीले यस विषयमा संसदमा छलफल हुनुपर्ने माग गरेका छन् । केसीले भने, ‘सर्वोच्च अदालतको अन्तरिम आदेश र महाभियोग प्रस्तावका सबै फाइल दुई महिनासम्म संसदमा पेश हुन नसक्नु दुःखद हो ।

Published Date: 15 February 2023
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय