वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा म्याद नाघेका बियरका २ हजार १ सय डब्बा बरामद

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा म्याद नाघेका बियरका २ हजार १ सय डब्बा बरामद : Icon Khabar

काठमाडौं, फागुन ३ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बाहरसिङ्घे ब्राण्डका २१ सय म्याद नाघेका कार्टन बरामद गरेको छ । क्लाइम्याक्स ट्रेडिङ प्रालिको गोदामबाट याक ब्रुअरी कम्पनीले उत्पादन गरेको बहरसिङ्गे ब्राण्डको बियर बरामद गरेको विभागले जनाएको छ ।

म्याद नाघेका बियर भेटिएपछि विभागको निरीक्षण टोलीले गोदाममा सिल गरेको थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराईले ६५० एमएल र ३३० एमएलका बोतलमा ६० लाख रुपैयाँ बराबरको बियर बरामद गरिएको जानकारी दिए ।

रात्रिकालीन रेष्टुरेन्ट व्यवसायमा म्याद नाघेका उपभोग्य वस्तुको कारोबार हुने गरेको सूचनाका आधारमा विभागका अधिकारीले छापा मारेका हुन् । म्याद नाघेको बियर बिक्री गर्ने कम्पनीलाई कानुनबमोजिम कारबाही गरिने विभागले जनाएको छ ।

Published Date: 15 February 2023
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय