वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा म्याद नाघेका बियरका २ हजार १ सय डब्बा बरामद

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा म्याद नाघेका बियरका २ हजार १ सय डब्बा बरामद : Icon Khabar

काठमाडौं, फागुन ३ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बाहरसिङ्घे ब्राण्डका २१ सय म्याद नाघेका कार्टन बरामद गरेको छ । क्लाइम्याक्स ट्रेडिङ प्रालिको गोदामबाट याक ब्रुअरी कम्पनीले उत्पादन गरेको बहरसिङ्गे ब्राण्डको बियर बरामद गरेको विभागले जनाएको छ ।

म्याद नाघेका बियर भेटिएपछि विभागको निरीक्षण टोलीले गोदाममा सिल गरेको थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराईले ६५० एमएल र ३३० एमएलका बोतलमा ६० लाख रुपैयाँ बराबरको बियर बरामद गरिएको जानकारी दिए ।

रात्रिकालीन रेष्टुरेन्ट व्यवसायमा म्याद नाघेका उपभोग्य वस्तुको कारोबार हुने गरेको सूचनाका आधारमा विभागका अधिकारीले छापा मारेका हुन् । म्याद नाघेको बियर बिक्री गर्ने कम्पनीलाई कानुनबमोजिम कारबाही गरिने विभागले जनाएको छ ।

Published Date: 15 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?