सीता एयरले आजदेखि गर्यो काठमाडौं–दाङ व्यावसायिक उडान सुरु

सीता एयरले आजदेखि गर्यो काठमाडौं–दाङ व्यावसायिक उडान सुरु : Icon Khabar

काठमाडौं, फागुन ३ । सीता एयरलाइन्सले दाङको टरिगाउँ विमानस्थलबाट आजदेखि व्यावसायिक उडान सुरु गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जनवरीमा परीक्षण उडान गरेका एयरलाइन्सले सातामा तीन उडान गर्न अनुमति लिएको बताए । सीता एयरलाइन्सले सोमबार, बुधबार र शनिबार उडान गर्नेछ ।

‘यसअघि नेपाल वायुसेवा निगमले यो गन्तव्यमा नियमित उडान गर्दै आएको थियो । अब निजी एयरलाइन्सले पनि यो गन्तव्यमा नियमित उडान सेवा दिन थालेका छन्,’ सूचना अधिकारी भुलले भने, ‘सीता एयरलाइन्सले उडान सुरु गरेपछि यात्रु सेवा थप विस्तार हुने देखिएको छ ।

हाल नेपाल वायुसेवा निगमले १९ सिट क्षमताको ट्विनअटर जहाजबाट आइतबार, मंगलबार, बिहीबार र शनिबार यो गन्तव्यमा उडान भर्दै आएको छ ।

क्यानका अनुसार यो गन्तव्य उडानको एकतर्फी भाडा रु ५ हजार ८ सय ६५ रहेको छ ।

सन् १९६१ देखि सञ्चालनमा आएको यस विमानस्थलको लम्बाइ ७५० मिटर र चौडाइ ३० मिटर रहेको छ । यस विमानस्थलमा डोर्नियर, ट्विनअटर लगायतका शृंखलाका विमानहरू उडान र अवतरण गर्ने क्षमता छ। सीता एयरलाइन्सको डोर्नियर विमानमा उडान हुनेछ ।

Published Date: 15 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?