सीता एयरले आजदेखि गर्यो काठमाडौं–दाङ व्यावसायिक उडान सुरु

सीता एयरले आजदेखि गर्यो काठमाडौं–दाङ व्यावसायिक उडान सुरु : Icon Khabar

काठमाडौं, फागुन ३ । सीता एयरलाइन्सले दाङको टरिगाउँ विमानस्थलबाट आजदेखि व्यावसायिक उडान सुरु गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जनवरीमा परीक्षण उडान गरेका एयरलाइन्सले सातामा तीन उडान गर्न अनुमति लिएको बताए । सीता एयरलाइन्सले सोमबार, बुधबार र शनिबार उडान गर्नेछ ।

‘यसअघि नेपाल वायुसेवा निगमले यो गन्तव्यमा नियमित उडान गर्दै आएको थियो । अब निजी एयरलाइन्सले पनि यो गन्तव्यमा नियमित उडान सेवा दिन थालेका छन्,’ सूचना अधिकारी भुलले भने, ‘सीता एयरलाइन्सले उडान सुरु गरेपछि यात्रु सेवा थप विस्तार हुने देखिएको छ ।

हाल नेपाल वायुसेवा निगमले १९ सिट क्षमताको ट्विनअटर जहाजबाट आइतबार, मंगलबार, बिहीबार र शनिबार यो गन्तव्यमा उडान भर्दै आएको छ ।

क्यानका अनुसार यो गन्तव्य उडानको एकतर्फी भाडा रु ५ हजार ८ सय ६५ रहेको छ ।

सन् १९६१ देखि सञ्चालनमा आएको यस विमानस्थलको लम्बाइ ७५० मिटर र चौडाइ ३० मिटर रहेको छ । यस विमानस्थलमा डोर्नियर, ट्विनअटर लगायतका शृंखलाका विमानहरू उडान र अवतरण गर्ने क्षमता छ। सीता एयरलाइन्सको डोर्नियर विमानमा उडान हुनेछ ।

Published Date: 15 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा