सुनको मूल्यमा निरन्तर गिरावट

सुनको मूल्यमा निरन्तर गिरावट : Icon Khabar

काठमाडौं, फागुन ३ । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३ हजार ८ सय रुपैयाँमा बिक्री भएको सुन बुधबार प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँमा बिक्री भइरहेको छ । मंगलबार प्रतितोला १ लाख ३ हजार ३ सयमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भएको थियो । उक्त मूल्य पाँच रुपैयाँले घटेर आज प्रतितोला एक हजार दुई सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Published Date: 15 February 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु