५० लाख डलर तिरी ट्रम्प कार्ड खरिद गर्ने विदेशीहरु स्थायीरुपमै अमेरिकामा बसोबास गर्न पाउने

५० लाख डलर तिरी ट्रम्प कार्ड खरिद गर्ने विदेशीहरु स्थायीरुपमै अमेरिकामा बसोबास गर्न पाउने : Icon Khabar

काठमाडौं, जेठ २९ । डोनाल्ड ट्रम्पको “ट्रम्प कार्ड” (जसलाई “गोल्ड कार्ड” पनि भनिन्छ) को दर्ता प्रक्रिया सुरु भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत उक्त जानकारी दिएका हुन् । ५० लाख (५ मिलियन) डलरमा तिरेर यो कार्ड खरिद गर्ने विदेशी नागरिकहरु स्थायीरुपमै अमेरिकामा बसोबास गर्न पाउने छन् ।

ट्रुथ सोसलमा पोस्ट गरिएको एक विज्ञप्तिमा ट्रम्पले उक्त कार्डलाई ग्रीन कार्डको प्रिमियम विकल्पको रुपमा प्रचार गरेका छन् । उनले यसलाई “संसारको सबैभन्दा महान देश र बजारसम्म पहुँच प्राप्त गर्ने सुन्दर बाटो” भनेर वर्णन गरेका छन् । हजारौंले फोन गरी दर्ता कसरी गर्ने भनेर सोधिरहेको पनि ट्रम्पले थपेका छन् ।

आवेदन दिन चाहनेहरुलाई ट्रम्पकार्ड डट जीओभी मा गई वेटिङ लिस्टमा नाम लेखाउन पनि ट्रम्पले आग्रह गरेका छन् । तर ट्रम्पले यो कार्डले अमेरिकी नागरिकता प्रदान गर्ने नभई नागरिकतासम्म पुग्ने बाटो प्रदान गर्छ भन्ने कुरामा जोड दिएको विभिन्न रिपोर्टले देखाएका छन् । रिपोर्टहरुका अनुसार, ट्रम्पले यस कार्यक्रमलाई सांसदहरुको अनुमोदन आवश्यक नपर्ने दाबी गर्दै यसलाई कार्यपालिका तहको पहलका रूपमा प्रस्तुत गरेका छन् ।

उक्त कदमले अमेरिकाको परम्परागत आप्रवासन प्रक्रियालाई बाइपास गर्ने देखिन्छ । ट्रम्पले “गोल्ड कार्ड” लाई ग्रीन कार्ड जस्तै भए पनि अझ उच्च स्तरको परिष्कृत सुविधा भएको भन्दै वर्णन गरेका थिए । उनले यसलाई धनी व्यक्तिहरुका लागि अमेरिकामा कानुनीरुपमा बसोबास गर्ने एकपटक मात्र पाइने सुनौलो अवसरका रुपमा पनि प्रस्तुत गरेका थिए ।

Published Date: 12 June 2025


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु