५० लाख डलर तिरी ट्रम्प कार्ड खरिद गर्ने विदेशीहरु स्थायीरुपमै अमेरिकामा बसोबास गर्न पाउने

५० लाख डलर तिरी ट्रम्प कार्ड खरिद गर्ने विदेशीहरु स्थायीरुपमै अमेरिकामा बसोबास गर्न पाउने : Icon Khabar

काठमाडौं, जेठ २९ । डोनाल्ड ट्रम्पको “ट्रम्प कार्ड” (जसलाई “गोल्ड कार्ड” पनि भनिन्छ) को दर्ता प्रक्रिया सुरु भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत उक्त जानकारी दिएका हुन् । ५० लाख (५ मिलियन) डलरमा तिरेर यो कार्ड खरिद गर्ने विदेशी नागरिकहरु स्थायीरुपमै अमेरिकामा बसोबास गर्न पाउने छन् ।

ट्रुथ सोसलमा पोस्ट गरिएको एक विज्ञप्तिमा ट्रम्पले उक्त कार्डलाई ग्रीन कार्डको प्रिमियम विकल्पको रुपमा प्रचार गरेका छन् । उनले यसलाई “संसारको सबैभन्दा महान देश र बजारसम्म पहुँच प्राप्त गर्ने सुन्दर बाटो” भनेर वर्णन गरेका छन् । हजारौंले फोन गरी दर्ता कसरी गर्ने भनेर सोधिरहेको पनि ट्रम्पले थपेका छन् ।

आवेदन दिन चाहनेहरुलाई ट्रम्पकार्ड डट जीओभी मा गई वेटिङ लिस्टमा नाम लेखाउन पनि ट्रम्पले आग्रह गरेका छन् । तर ट्रम्पले यो कार्डले अमेरिकी नागरिकता प्रदान गर्ने नभई नागरिकतासम्म पुग्ने बाटो प्रदान गर्छ भन्ने कुरामा जोड दिएको विभिन्न रिपोर्टले देखाएका छन् । रिपोर्टहरुका अनुसार, ट्रम्पले यस कार्यक्रमलाई सांसदहरुको अनुमोदन आवश्यक नपर्ने दाबी गर्दै यसलाई कार्यपालिका तहको पहलका रूपमा प्रस्तुत गरेका छन् ।

उक्त कदमले अमेरिकाको परम्परागत आप्रवासन प्रक्रियालाई बाइपास गर्ने देखिन्छ । ट्रम्पले “गोल्ड कार्ड” लाई ग्रीन कार्ड जस्तै भए पनि अझ उच्च स्तरको परिष्कृत सुविधा भएको भन्दै वर्णन गरेका थिए । उनले यसलाई धनी व्यक्तिहरुका लागि अमेरिकामा कानुनीरुपमा बसोबास गर्ने एकपटक मात्र पाइने सुनौलो अवसरका रुपमा पनि प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 June 2025
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न