सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?

कहाँ निर खाल्डो छ र ठुलो दुर्घटना निम्तेला भन्ने सबैमा डर

सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ? : Icon Khabar

भक्तपुर, जेठ २९ । बुधबार अपरान्ह भक्तपुरमा मुसलधारे वर्षा भयो। म्याद थप्दै भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको अरनिको राजमार्ग ६ लेन बनाउने कामले गर्दा राजमार्ग पुरै अस्तव्यस्त नै थियो। पानी पर्दा हिलाम्य हुने र पानी नपर्दा धुलाम्य हुने सो राजमार्गको अवस्थाबाट स्थानियवासी आजित भैरहेका छन्।

तर हिजोको प्रसङ्ग अलि भिन्नै थियो। मुसलधारे वर्षासंगै सूर्यविनायकदेखि आदर्श बसस्टप पुग्ने बाटो पुरै जलमग्न भयो। प्रमुख बाटो नै त्यहि भएपछी सवारी चालकहरुसंग अरु विकल्प नै थिएन। साइड-वे पक्रन कहाँ निर खाल्डो छ यकिन गर्न सकिदैनथ्यो। मुख्य बाटो भएर सवारी गुडाउँ आदी सवारी डुब्ने अवस्था थियो।

बाध्य भएर मुख राजमार्ग भएरै सवारी हाँके तर जलमग्न भएको सो निर्माणधीन राजमार्गमा कति बाइक लडे, कति स्कूटर डुबे, कति गाडी अनि एम्बुलेन्स फसे। धेरै सवारी साधानको स्टार्ट नै बन्द पनि भयो।

पटक पटक म्याद थपि सो राजमार्ग बनाउने क्रममा छ। तर हिलो, धुलो अनि अस्तव्यस्त सडकको अवस्थाले स्थानिय वासी त निकै आजित भैसके यो संगै सवारी चालक अनि पैदल यात्रुले भोग्ने सास्ती पनि कम भने पकै छैन। कहाँ निर खाल्डो छ र ठुलो दुर्घटना निम्तेला भन्ने डर सबैमा छ। सडक विस्तारको काम एकदम ढिला सुस्ती भएको प्रति सम्बधित निकायको ध्यान किन नगएको भन्दै कति जनाले सामाजिक संजाल मार्फत आफ्नो दुखेसो पोख्दै छन्।

डिभिजन सडक कार्यालय भक्तपुर, यसका ठेकेदार कम्पनी अनि नेपाल सरकारको ध्यानाकर्षण होस् भनेर आइकन खबर मार्फत यो कुरा ब्यक्त गर्नका लागि स्थानिय वासिन्दाको एकदम आग्रह थियो।

Published Date: 12 June 2025




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न