बिहिबार सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढ्यो

बिहिबार सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, जेठ २९ । घरेलु बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम आजपनि जारी रहेको छ । अघिल्लो दिन प्रतितोला १३ सय रुपैयाँले बढेको सुनको मूल्य आजपनि बढेको हो ।

आज सुनको मूल्य १६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँमा भईरहेको छ ।

अघिल्लो दिन भने एक तोला सुनको मूल्य १ लाख ९१ हजार ३ सय रुपैयाँ कायम थियो । आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज १५ रुपैयाँले सस्तिदै प्रतितोला २ हजार १५० रुपैयाँ कायम भएको छ ।

Published Date: 12 June 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु