आँपको सिजन सुरु नहुँदै नै बजारमा केमिकल प्रयोग गरेर पकाइएका आँप बिक्रीमा

आँपको सिजन सुरु नहुँदै नै बजारमा केमिकल प्रयोग गरेर पकाइएका आँप बिक्रीमा : Icon Khabar

काठमाडौं, जेठ २३ । आँपको सिजन सुरु नहुँदै नै बजारमा केमिकल प्रयोग गरेर पकाइएका आँप बिक्रीमा आएका छन्। असारपछि मात्र प्राकृतिक रूपमा पाक्ने नेपाली आँप हाल थोक व्यापारी हुँदै खुद्रा पसलमार्फत उपभोक्तासम्म पुगेको छ।

स्वास्थ्य विज्ञहरूका अनुसार कार्बाइडजस्तो रसायन प्रयोग गरेर पकाइएको आँप खाँदा गम्भीर स्वास्थ्य समस्या देखिन सक्छ। पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने जस्ता प्रारम्भिक असरदेखि लिएर फोक्सो, मुटु र मिर्गौलासम्म असर गर्ने जोखिम हुन्छ।

राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार नेपालमा अगौटे जातको आँप पाक्ने प्राकृतिक समय अझै आएको छैन। तर, बजारमा पहिले नै बिक्री सुरु भइसकेको देखिएको छ। यस्तो आँप स्वादिलो नहुने र आवश्यक पोषक तत्त्व पनि नहुने विज्ञहरू बताउँछन्।

Published Date: 05 June 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै