आँपको सिजन सुरु नहुँदै नै बजारमा केमिकल प्रयोग गरेर पकाइएका आँप बिक्रीमा

आँपको सिजन सुरु नहुँदै नै बजारमा केमिकल प्रयोग गरेर पकाइएका आँप बिक्रीमा : Icon Khabar

काठमाडौं, जेठ २३ । आँपको सिजन सुरु नहुँदै नै बजारमा केमिकल प्रयोग गरेर पकाइएका आँप बिक्रीमा आएका छन्। असारपछि मात्र प्राकृतिक रूपमा पाक्ने नेपाली आँप हाल थोक व्यापारी हुँदै खुद्रा पसलमार्फत उपभोक्तासम्म पुगेको छ।

स्वास्थ्य विज्ञहरूका अनुसार कार्बाइडजस्तो रसायन प्रयोग गरेर पकाइएको आँप खाँदा गम्भीर स्वास्थ्य समस्या देखिन सक्छ। पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने जस्ता प्रारम्भिक असरदेखि लिएर फोक्सो, मुटु र मिर्गौलासम्म असर गर्ने जोखिम हुन्छ।

राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार नेपालमा अगौटे जातको आँप पाक्ने प्राकृतिक समय अझै आएको छैन। तर, बजारमा पहिले नै बिक्री सुरु भइसकेको देखिएको छ। यस्तो आँप स्वादिलो नहुने र आवश्यक पोषक तत्त्व पनि नहुने विज्ञहरू बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 June 2025
Website | + posts
ताजा
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
योमारी पुन्हीको अवसरमा भक्तपुरमा ‘योमारी पुन्ही म्युजिक फेस्टिभल–२०८२’ सम्पन्न
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान, अहिले अपरान्ह ४ बजे बालुवाटारमा बस्ने
‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने


ट्रेन्डिङ
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
भक्तपुर युवा टिमको जर्सी सार्वजनिक, सहिद स्मारक सी–डिभिजन क्वालिफायर २०२५ मा पहिलो पटक सहभागिता
आइतबार नेप्से परिसूचक ३०.०२ अंकले घट्यो
प्रा.डा. प्रेम शर्माको आत्मपरक वृत्तचित्र ‘एक जीवन: तीन मिसन’ सार्वजनिक