जापानमा जन्मदरमा निरन्तर कमी

जापानमा जन्मदरमा निरन्तर कमी : Icon Khabar

टोकियो, जेठ २२ । जापानमा गत वर्ष पहिलो पटक सात लाखभन्दा कम शिशुले जन्म लिएको बुधबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ । जापानले सन् २०२४ मा ६ लाख ८६ हजार ६१ नवजात शिशुलाई स्वागत गरेको छ । यो सन् २०२३ को तुलनामा ४१ हजार २२७ ले कम हो । यस्तै, यो संख्या सन् १८९९ मा रेकर्ड सुरु भएयताकै सबैभन्दा कम जन्मदर हो ।

विश्व बैंकका अनुसार कुल जनसंख्याको आधारमा औसतमा हेर्दा विश्वको सबैभन्दा धेरै वृद्ध व्यक्तिहरुको जनसंख्या भएको देश मोनाको हो भने दोस्रो स्थानमा जापान रहेको छ । प्रधानमन्त्री शिगेरु इशिबाले स्थितिलाई ‘शान्त आपतकालीन अवस्था’ को संज्ञा दिँदै यस प्रवृत्तिलाई उल्टाउन प्रयास गर्न थप लचिलो कार्य घण्टाजस्ता परिवार–अनुकूल उपायहरुको प्रतिज्ञा गरेका छन् ।

जापानको स्वास्थ्य मन्त्रालयको बुधबारको तथ्यांकअनुसार जापानको कुल प्रजनन दर (एक महिलाले बच्चा जन्माउने औसत संख्या) पनि १.१५ मा झरेको छ । जापानमा सन् २०२४ मा १६ लाख मानिसको मृत्यु भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १.९ प्रतिशतले बढी हो ।

जनसंख्याका हिसाबले खुम्चिँदै गएका गाउँहरुमा वृद्धहरु झन् झन् एक्लो हुँदै गएपछि प्रधानमन्त्री इशिबाले ग्रामीण क्षेत्रहरुको पुनरुत्थानको लागि आह्वान गरेका छन् । जापानको आन्तरिक मामिला मन्त्रालयका अनुसार जापानमा २० हजारभन्दा बढी समुदायका अधिकांश बासिन्दा ६५ वर्ष वा सोभन्दा माथिका छन् ।

भण्डै १२ करोड ३० लाख जनसंख्या भएको यो देशले वृद्ध उमेर भएका व्यक्तिको जनसंख्या बढ्दै जाँदा कामदारको चरम अभावको सामना गरिरहेको छ । सरकारले यस समस्यालाई समाधान गर्न अपनाएको अपेक्षाकृत कडा अध्यागमन नियमले वृद्ध जनसंख्यालाई सहयोगका लागि आवश्यक राहत दिन सकेको छैन ।

छिमेकी मुलुक दक्षिण कोरियामा सन् २०२४ मा प्रजनन दर जापानको तुलनामा अझै कम अर्थात् ०.७५ प्रतिशत रहेको छ । यो विश्वकै सबैभन्दा कम मध्येको एक हो तर विवाहमा भएको वृद्धिका कारण अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा जन्मदरमा सामान्य वृद्धि भएको छ । एएफपी

Published Date: 04 June 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै