प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित : Icon Khabar

काठमाडौं, जेठ २२ । प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका प्रतिपक्षी दलहरुसँग सहमतिको प्रयास सफल नभएपछि संसद बैठक स्थगित गरिएको हो ।

आज बिहान १ बजे बस्ने भनिएको बैठक सहमतिको प्रयासमा सवा तीन बजेसम्मका लागि सारिएको थियो । तर सहमति नजुटेपछि संसद सचिवालयले बैठक स्थगित गरिएको हो । मंगलबार पनि संसद बैठक बस्दै नबसी स्थगित भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विदेश जानेहरुबाट रकम असुली प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृहमन्त्रालयका सहसचिव तीर्थ भट्टराई सहितका कर्मचारीहरुमाथि अनुसन्धान थालेपछि गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राख्दै प्रतिपक्षी दलहरुले संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।

सत्तापक्षका नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले भिजिट गृहमन्त्री लेखकले यो प्रकरणबारे संसदमा जवाफ दिन पाउनुपर्ने अडान राखेका छन् भने माओवादी केन्द्र, रास्वपा लगायत दलले गतिरोध अन्त्य गर्ने भए पहिले राजीनामा दिनुपर्ने अडान राखेको छ ।

Published Date: 04 June 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु