भक्तपुरको न:पुखुमा आजबाट घरेलु उत्पादन प्रवर्द्वन मेला सुरु

भक्तपुरको न:पुखुमा आजबाट घरेलु उत्पादन प्रवर्द्वन मेला सुरु : Icon Khabar

भक्तपुर, जेठ १६ । भक्तपुरमा आजदेखि दुईदिने घरेलु उत्पादन तथा प्रवर्द्वन मेला सुरु भएको छ। भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा र उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा सुरू भएको मेला भक्तपुरको न:पुखु परिसरमा आज र भोलि २ दिन हुँदैछ।

आज आयोजित उद्घाटन समारोह भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेका थिए। उनले उद्यमीहरुबीच स्वस्थ प्रतिस्र्धाको खाँचो रहेको बताउँदै उहाँले युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न सके युवा विदेशिने क्रम रोकिने बताए।

भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले घरेलु उद्योगको प्रवद्र्धनस्वरुप संघले समय समयमा यस्ता मेला तथा महोत्सवहरुको आयोजना र सहभागिता जनाउँदै आएको बताउँदै स्थानीय उद्योग संरक्षणमा स्थानीय तहको पनि महत्वपूर्ण भूमिका रहेको बताए।

उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका प्रमुख रामप्रसाद कुस्माले दुई दिने मेला उपलब्धीमूलक हुने विश्वास व्यक्त गर्दै घरेलु उद्योगहरुले आत्मनिर्भर र रोजगारी सिर्जना गर्न सहयोग पुर्याइरहेको बताए।

 

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका चन्द्रकृष्ण श्रेष्ठ, संघका पूर्व अध्यक्ष विरेन्द्र जति, नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाका अध्यक्ष सुन्दर शिल्पकार, भक्तपुर घरेलु तथा साना उद्योग संघका कमलकेशरी खर्बुजाले पनि बोलेका थिए।

Published Date: 30 May 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु