भक्तपुरको न:पुखुमा आजबाट घरेलु उत्पादन प्रवर्द्वन मेला सुरु

भक्तपुरको न:पुखुमा आजबाट घरेलु उत्पादन प्रवर्द्वन मेला सुरु : Icon Khabar

भक्तपुर, जेठ १६ । भक्तपुरमा आजदेखि दुईदिने घरेलु उत्पादन तथा प्रवर्द्वन मेला सुरु भएको छ। भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा र उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा सुरू भएको मेला भक्तपुरको न:पुखु परिसरमा आज र भोलि २ दिन हुँदैछ।

आज आयोजित उद्घाटन समारोह भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेका थिए। उनले उद्यमीहरुबीच स्वस्थ प्रतिस्र्धाको खाँचो रहेको बताउँदै उहाँले युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न सके युवा विदेशिने क्रम रोकिने बताए।

भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले घरेलु उद्योगको प्रवद्र्धनस्वरुप संघले समय समयमा यस्ता मेला तथा महोत्सवहरुको आयोजना र सहभागिता जनाउँदै आएको बताउँदै स्थानीय उद्योग संरक्षणमा स्थानीय तहको पनि महत्वपूर्ण भूमिका रहेको बताए।

उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका प्रमुख रामप्रसाद कुस्माले दुई दिने मेला उपलब्धीमूलक हुने विश्वास व्यक्त गर्दै घरेलु उद्योगहरुले आत्मनिर्भर र रोजगारी सिर्जना गर्न सहयोग पुर्याइरहेको बताए।

 

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका चन्द्रकृष्ण श्रेष्ठ, संघका पूर्व अध्यक्ष विरेन्द्र जति, नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाका अध्यक्ष सुन्दर शिल्पकार, भक्तपुर घरेलु तथा साना उद्योग संघका कमलकेशरी खर्बुजाले पनि बोलेका थिए।

Published Date: 30 May 2025
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक