‘ऊनको स्वीटर’ फिल्म चौथो हप्तामा, २०८२ को पहिलो सुपरहिट

‘ऊनको स्वीटर’ फिल्म चौथो हप्तामा, २०८२ को पहिलो सुपरहिट : Icon Khabar

काठमाडौं, जेठ १६ । नेपाली फिल्म ‘ऊनको स्वीटर’ प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ । आर्टमाण्डू नेपालको ब्यानरमा निर्माण भएको यस फिल्मले हालसम्म देशव्यापी रूपमा १० करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको निर्माण पक्षले जनाएको छ ।

प्रदर्शनको चौथो हप्तामा प्रवेश गरिसक्दा पनि फिल्मले देशभर १०० भन्दा बढी शो पाएको छ, जुन कुनै पनि नेपाली फिल्मका लागि उल्लेखनीय मानिन्छ । नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको फिल्मले रिलिजको पहिलो दिनदेखि नै सकारात्मक प्रतिक्रियासहित दर्शकको साथ पाउँदै आएको छ । देशभरका सिनेमा घरहरूमा लगातार हाउसफुल शो दिँदै आएको फिल्मले दर्शकलाई कथावस्तु, संवाद, अभिनय र निर्देशनका हिसाबले तानेको छ ।

फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रहेको छ । समीक्षकदेखि सर्वसाधारण दर्शकसम्मबाट पाइरहेको प्रशंसा र सकारात्मक समीक्षाले गर्दा फिल्मको चौथो सातासम्मको यात्रालाई उल्लेखनीय बनाएको हो ।

हालसम्म ओभरसिज कलेक्सन सार्वजनिक गरिएको छैन, तर विदेशमा पनि फिल्मले लगातार राम्रो प्रदर्शन गरिरहेको छ । ‘ऊनको स्वीटर’ नेपाली फिल्म उद्योगका लागि पछिल्लो समयको व्यावसायिक र समीक्षात्मक रूपमा सफल फिल्म बन्न पुगेको छ ।

देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले व्यापारको आधारमा यो फिल्मलाई सुपरहिटको ट्याग दिएको छ । यस्तै, वि.सं. २०८२ सालको पहिलो सुपरहिट फिल्म पनि ‘ऊनको स्वीटर’ बनेको छ ।

Published Date: 30 May 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु