यातायात मजदुरले आह्वान गरेको सार्वजनिक यातायात बन्द कार्यक्रम फिर्ता

यातायात मजदुरले आह्वान गरेको सार्वजनिक यातायात बन्द कार्यक्रम फिर्ता : Icon Khabar

काठमाडौं, फागुन २ । काठमाडौं उपत्यकामा यातायात मजदुरले आह्वान गरेको सार्वजनिक यातायात बन्द कार्यक्रम फिर्ता गर्ने सहमति भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने सहमति भएको मन्त्री नारायणकाजी श्रेष्ठको सचिवालय सदस्य विजय गौतमले जानकारी दिए ।

यसअघि यातायात व्यवसायीले नयाँ ट्राफिक नियम सार्वजनिक यातायातको हितमा नभएको तर्क गरेका थिए । ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्नेलाई जरिवाना बढाउने निर्णय गरेको विरोधमा सोमबार साँझ यातायात मजदुर सडकमा उत्रिएर झडप, तोडफोड र आगजनी गरेका हुन् । उनीहरुले नयाँ बसपार्क नजिकै रहेको लोत्से मलमा समेत तोडफोड गरेका छन् ।

त्यसैगरी प्रदर्शनकारीले बालाजु चोकमा रहेको अस्थायी प्रहरीको बिटमा आगजनी गरेको प्रहरी वरिष्ठ उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

Published Date: 14 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?