यातायात मजदुरले आह्वान गरेको सार्वजनिक यातायात बन्द कार्यक्रम फिर्ता

यातायात मजदुरले आह्वान गरेको सार्वजनिक यातायात बन्द कार्यक्रम फिर्ता : Icon Khabar

काठमाडौं, फागुन २ । काठमाडौं उपत्यकामा यातायात मजदुरले आह्वान गरेको सार्वजनिक यातायात बन्द कार्यक्रम फिर्ता गर्ने सहमति भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने सहमति भएको मन्त्री नारायणकाजी श्रेष्ठको सचिवालय सदस्य विजय गौतमले जानकारी दिए ।

यसअघि यातायात व्यवसायीले नयाँ ट्राफिक नियम सार्वजनिक यातायातको हितमा नभएको तर्क गरेका थिए । ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्नेलाई जरिवाना बढाउने निर्णय गरेको विरोधमा सोमबार साँझ यातायात मजदुर सडकमा उत्रिएर झडप, तोडफोड र आगजनी गरेका हुन् । उनीहरुले नयाँ बसपार्क नजिकै रहेको लोत्से मलमा समेत तोडफोड गरेका छन् ।

त्यसैगरी प्रदर्शनकारीले बालाजु चोकमा रहेको अस्थायी प्रहरीको बिटमा आगजनी गरेको प्रहरी वरिष्ठ उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

Published Date: 14 February 2023






ताजा
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न
प्रसिद्ध भारतीय गायिका आशा भोस्ले अस्पताल भर्ना






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा