आज प्रेम दिवस’ अर्थात् ‘भ्यालेन्टाइन डे’

आज प्रेम दिवस’ अर्थात् ‘भ्यालेन्टाइन डे’ : Icon Khabar

भक्तपुर, फागुन २ । भ्यालेन्टाइनको इतिहास केलाउँदा यसको सुरुवात क्याथोलिक सम्यताबाट नै भएको हो भन्ने बुझिन्छ । सेन्ट भ्यालेन्टाइन भन्ने व्यक्तिको सम्झना स्वरूप यसलाई एउटा चाडका रूपमा मनाउन थालिएको हो । फेब्रुअरी १४ मा हरेक वर्ष मनाउँदै आएको यो मायाको पर्वले धेरैको सम्बन्ध गाँस्ने काम गर्छ । यो चाड विशेष गरेर युवकयुवतीहरूका लागि मात्र भए पनि यसलाई मनाउन भने धेरैले पर्खेर बसेका हुन्छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवस विशेष रूपले मनाउने गरिएको छ ।

प्रेम दिवस’ अर्थात् ‘भ्यालेन्टाइन डे’, प्रेम र प्रेमिका दुई शब्दको निखारअनुसार १९औँ शताब्दीदेखि सुरु भएको यो पर्वको मुख्य उद्देश्य भनेको दुई प्रेमिल जोडीले आफ्नो प्रेमप्रति भाव भएको जानकारी दिएर एकआपसमा मिलन हुन सक्ने दिनका रूपमा मानिन्छ । कसैले कार्डको माध्यमबाट आफ्नो प्रेम व्यक्त गर्छन् भने कसैले फूलको । प्रेम गर्न कुनै दिवस आउनुपर्दैन तर आजभोलिका युवाका लागि भने ‘भ्यालेन्टाइन डे’ प्रेमको उत्सव बनेको छ ।

पहिला नेपालमा प्रेम दिवसको प्रभाव खासै नभए पनि पछिल्लो समय विदेशी प्रभावले प्रेम दिवस मनाउन थालिएको देखिन्छ । विशेष गरी प्रेम जोडी, नवदम्पती र प्रेम सम्बन्धमा आउने प्रेमीप्रेमिकाका लागि यो दिवसको आफ्नै महत्व छ । यस पर्वले नेपालमा पनि विशेष स्थान पाएको छ । आधुनिक युगतर्फ लम्किरहेको हाम्रो नेपाली समाजका युवकयुवतीले यो दिवसलाई निकै महत्वका साथ मनाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 February 2023
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न