आज प्रेम दिवस’ अर्थात् ‘भ्यालेन्टाइन डे’

आज प्रेम दिवस’ अर्थात् ‘भ्यालेन्टाइन डे’ : Icon Khabar

भक्तपुर, फागुन २ । भ्यालेन्टाइनको इतिहास केलाउँदा यसको सुरुवात क्याथोलिक सम्यताबाट नै भएको हो भन्ने बुझिन्छ । सेन्ट भ्यालेन्टाइन भन्ने व्यक्तिको सम्झना स्वरूप यसलाई एउटा चाडका रूपमा मनाउन थालिएको हो । फेब्रुअरी १४ मा हरेक वर्ष मनाउँदै आएको यो मायाको पर्वले धेरैको सम्बन्ध गाँस्ने काम गर्छ । यो चाड विशेष गरेर युवकयुवतीहरूका लागि मात्र भए पनि यसलाई मनाउन भने धेरैले पर्खेर बसेका हुन्छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवस विशेष रूपले मनाउने गरिएको छ ।

प्रेम दिवस’ अर्थात् ‘भ्यालेन्टाइन डे’, प्रेम र प्रेमिका दुई शब्दको निखारअनुसार १९औँ शताब्दीदेखि सुरु भएको यो पर्वको मुख्य उद्देश्य भनेको दुई प्रेमिल जोडीले आफ्नो प्रेमप्रति भाव भएको जानकारी दिएर एकआपसमा मिलन हुन सक्ने दिनका रूपमा मानिन्छ । कसैले कार्डको माध्यमबाट आफ्नो प्रेम व्यक्त गर्छन् भने कसैले फूलको । प्रेम गर्न कुनै दिवस आउनुपर्दैन तर आजभोलिका युवाका लागि भने ‘भ्यालेन्टाइन डे’ प्रेमको उत्सव बनेको छ ।

पहिला नेपालमा प्रेम दिवसको प्रभाव खासै नभए पनि पछिल्लो समय विदेशी प्रभावले प्रेम दिवस मनाउन थालिएको देखिन्छ । विशेष गरी प्रेम जोडी, नवदम्पती र प्रेम सम्बन्धमा आउने प्रेमीप्रेमिकाका लागि यो दिवसको आफ्नै महत्व छ । यस पर्वले नेपालमा पनि विशेष स्थान पाएको छ । आधुनिक युगतर्फ लम्किरहेको हाम्रो नेपाली समाजका युवकयुवतीले यो दिवसलाई निकै महत्वका साथ मनाउने गरेका छन् ।

Published Date: 14 February 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु