भारतीय अभिनेता मनोज कुमारको निधन

भारतीय अभिनेता मनोज कुमारको निधन : Icon Khabar

मुम्बई, चैत २२ । भारतीय अभिनेता मनोज कुमारको शुक्रबार बिहान मुम्बईको कोकिलाबेन अस्पतालमा निधन भएको छ ।

उनी ८७ वर्षका थिए । उनी विशेष गरी आफ्ना देशभक्तिपूर्ण फिल्महरूका लागि परिचित थिए । उनलाई भरत कुमारको नामले पनि चिनिन्थ्यो। उपकार, पूर्वपश्चिम, क्रान्ति, रोटी, कपडा तथा घर उनका सफल फिल्म थिए ।

मनोज कुमारका छोरा कुणाल गोस्वामीका अनुसार उनी लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित थिए । उनको अन्त्येष्टि भोलि हुनेछ । मनोज कुमार लामो समयदेखि कलेजो सिरोसिसबाट पीडित थिए । उनको अवस्था बिग्रिएपछि उनलाई फेब्रुअरी २१, २०२५ मा अस्पताल भर्ना गरिएको थियो ।

मनोज कुमारले ७ वटा फिल्मफेयर अवार्ड प्राप्त गरेका थिए । पहिलो फिल्मफेयर अवार्ड १९६८ मा फिल्म उपकारको लागि प्राप्त भएको थियो । उपकारले सर्वश्रेष्ठ फिल्म, सर्वश्रेष्ठ निर्देशक, सर्वश्रेष्ठ कथा र सर्वश्रेष्ठ संवादको लागि चार फिल्मफेयर पुरस्कार जित्यो। उनलाई १९९२ मा पद्मश्रीबाट सम्मानित गरिएको थियो। २०१६ मा उनलाई दादासाहेब फाल्के पुरस्कारबाट सम्मानित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 April 2025
Website | + posts




ताजा
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध
भीषण पहिरोले दार्जिलिङमा १८ जनाको नेपाली भाषीको मृत्यु
चीनले मानिसजस्तै बौद्धिक एजीआई बनाउने


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने
शीतलनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ