सिरियामा इजरायलले गरेको सैन्य परिचालन तथा आक्रमणको निन्दा

सिरियामा इजरायलले गरेको सैन्य परिचालन तथा आक्रमणको निन्दा : Icon Khabar

न्युयोर्क, चैत २२ । सिरियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष दूत गियर पेडरसनले सिरियामा इजरायलले निरन्तर रूपमा गरेको सैन्य परिचालन तथा आक्रमणको निन्दा गरेका छन्।

उहाँले मानवता विरोधी कार्यको विरोध गर्दै आक्रमणको कारण निर्दोष नागरिकले ज्यान गुमाउनु परेको बताएका छन्।

त्यस्ता क्रियाकलापले यस क्षेत्रको शान्ति तथा नयाँ सिरिया निर्माण प्रयासलाई कमजोर बनाई संवेदनशील समयमा सिरियालाई अस्थिर बनाउने पेडरसनले विज्ञप्तिमार्फत जनाएका छन्।

विशेष दूतले इजरायललाई यस्ता आक्रमणहरू रोक्न आह्वान गर्दै यस्ता काक्रमणले अन्तर्राष्ट्रिय कानुनको पालना गर्दै सिरियाको सार्वभौमिकता र विद्यमान सम्झौताहरूको सम्मान गर्न एकपक्षीय आक्रमण रोक्न आह्वान गरेका छन्।

उहाँले सम्बन्धित पक्षलाई सुरक्षा सुनिश्चित गरी थप तनाव रोक्न कूटनीतिक समाधान र संवादलाई प्राथमिकता दिनसमेत आग्रह गरेका छन्। – रासस /एएनआई

Published Date: 04 April 2025




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न