सिरियामा इजरायलले गरेको सैन्य परिचालन तथा आक्रमणको निन्दा

सिरियामा इजरायलले गरेको सैन्य परिचालन तथा आक्रमणको निन्दा : Icon Khabar

न्युयोर्क, चैत २२ । सिरियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष दूत गियर पेडरसनले सिरियामा इजरायलले निरन्तर रूपमा गरेको सैन्य परिचालन तथा आक्रमणको निन्दा गरेका छन्।

उहाँले मानवता विरोधी कार्यको विरोध गर्दै आक्रमणको कारण निर्दोष नागरिकले ज्यान गुमाउनु परेको बताएका छन्।

त्यस्ता क्रियाकलापले यस क्षेत्रको शान्ति तथा नयाँ सिरिया निर्माण प्रयासलाई कमजोर बनाई संवेदनशील समयमा सिरियालाई अस्थिर बनाउने पेडरसनले विज्ञप्तिमार्फत जनाएका छन्।

विशेष दूतले इजरायललाई यस्ता आक्रमणहरू रोक्न आह्वान गर्दै यस्ता काक्रमणले अन्तर्राष्ट्रिय कानुनको पालना गर्दै सिरियाको सार्वभौमिकता र विद्यमान सम्झौताहरूको सम्मान गर्न एकपक्षीय आक्रमण रोक्न आह्वान गरेका छन्।

उहाँले सम्बन्धित पक्षलाई सुरक्षा सुनिश्चित गरी थप तनाव रोक्न कूटनीतिक समाधान र संवादलाई प्राथमिकता दिनसमेत आग्रह गरेका छन्। – रासस /एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 April 2025
Website | + posts
ताजा
काठमाडौंको गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गर्यो, सचेत रहन आग्रह
साइकल कनेक्ट भक्तपुर र जुजु बाइक्सबीच विशेष सहकार्य सम्झौता सम्पन्न
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आज डेंगु रोग नियन्त्रणको लागि मेगा अभियान सञ्चालन गरिँदै


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू