चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा १३४ जना घाइते

चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा १३४ जना घाइते : Icon Khabar

काठमाडौँ, चैत २२ । चैत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको हिंसात्मक आन्दोलनमा १३४ जना घाइते भएको जानकारी गृह मन्त्रालयले जानकारी दिएको छ । गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा घटनाबारे जवाफ दिँदै १३४ जना घाइते भएको जानकारी दिएका हुन् ।

गृहमन्त्री लेखकका अनुसार घटनामा नेपाल प्रहरीतर्फ ५५ जना, सशस्त्र प्रहरी बलतर्फ २५ जना र प्रदर्शनकारीतर्फ ५४ जना घाइते भएका छन् । उनीहरू केहीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केही उपचारपछि घर फर्किसकेका छन् ।

मन्त्री लेखकले प्रदर्शनकारीले १८ वटा भवनमा क्षति पुर्‍याएको जानकारी दिए । उनीहरूले १२ स्थानमा आगजनी गरेको उनको भनाइ छ ।

दुई पाङ्ग्रे, चार पाङ्ग्रे गरी ३९ सवारी साधनमा तोडफोड प्रदर्शनकारीले गरेको तथ्याङ्क मन्त्री लेखकले समिति बैठकमा प्रस्तुत गरे । घटनामा भएको भौतिक क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 April 2025
Website | + posts




ताजा
राष्ट्र बैंकले चाँदीको सिक्का बेच्दै,एक जनाले एउटा मात्रै किन्न पाइने
मंगलबार सुनको भाउ २ लाख ५० हजार नजिक पुग्यो
अनलाइन वित्तीय ठगीबाट बच्न सबैलाई राष्ट्र बैंकको आग्रह
मंगलबार का लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित