चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा १३४ जना घाइते

चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा १३४ जना घाइते : Icon Khabar

काठमाडौँ, चैत २२ । चैत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको हिंसात्मक आन्दोलनमा १३४ जना घाइते भएको जानकारी गृह मन्त्रालयले जानकारी दिएको छ । गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा घटनाबारे जवाफ दिँदै १३४ जना घाइते भएको जानकारी दिएका हुन् ।

गृहमन्त्री लेखकका अनुसार घटनामा नेपाल प्रहरीतर्फ ५५ जना, सशस्त्र प्रहरी बलतर्फ २५ जना र प्रदर्शनकारीतर्फ ५४ जना घाइते भएका छन् । उनीहरू केहीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केही उपचारपछि घर फर्किसकेका छन् ।

मन्त्री लेखकले प्रदर्शनकारीले १८ वटा भवनमा क्षति पुर्‍याएको जानकारी दिए । उनीहरूले १२ स्थानमा आगजनी गरेको उनको भनाइ छ ।

दुई पाङ्ग्रे, चार पाङ्ग्रे गरी ३९ सवारी साधनमा तोडफोड प्रदर्शनकारीले गरेको तथ्याङ्क मन्त्री लेखकले समिति बैठकमा प्रस्तुत गरे । घटनामा भएको भौतिक क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको जानकारी दिए ।

Published Date: 04 April 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै