तीनकुनेमा ज्यान गुमाउनेका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ दिने

तीनकुनेमा ज्यान गुमाउनेका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ दिने : Icon Khabar

काठमाडौँ, चैत २० । गृह मन्त्रालयले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा ज्यान गुमाउनेका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको छ । शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारी सविन महर्जनको मृत्यु भएको थियो ।

यस्तै समाचार संकलनमा खटिएका पत्रकार सुरेश रजकको सोही प्रदर्शनका क्रममा भएको आगलागीमा परेर मृत्यु भएको थियो ।

दुबै जनाका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जनाएको छ । सो रकम निकासाका लागि मन्त्रालयले अर्थलाई सिफारिस गरिसकेको छ ।

स्रोतका अनुसार मन्त्रालयले सञ्चारमाध्यमहरूमा आवश्यक सुरक्षाको प्रबन्ध गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन पनि गृहले दिएको छ । सोहीअनुसार कार्यालयले आवश्यक तयारी समेत थालिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 April 2025
Website | + posts




ताजा
मंगलबार नेप्से परिसूचक १९.४३ अंकले घट्यो
नेपाल एयरलाइन्सको अक्टोबर १९ को काठमाडौं–ग्वाञ्जाओ उडान रद्द
यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा
राष्ट्र बैंकले चाँदीको सिक्का बेच्दै,एक जनाले एउटा मात्रै किन्न पाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित