मोबाइल बैंकिङ, वालेट तथा कनेक्ट आईपीएसबाट ५ सय रुपैयाँसम्मको रकम ट्रान्सफरमा शुल्क नलाग्ने

मोबाइल बैंकिङ, वालेट तथा कनेक्ट आईपीएसबाट ५ सय रुपैयाँसम्मको रकम ट्रान्सफरमा शुल्क नलाग्ने : Icon Khabar

काठमाडौं, चैत २० । मोबाइल बैंकिङ, वालेट तथा कनेक्ट आईपीएसबाट ५ सय रुपैयाँसम्मको रकम ट्रान्सफरमा शुल्क नलाग्ने भएको छ।

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले शुल्क परिमार्जन गर्दै यस किसिमको व्यवस्था लागु गरेको बुधबार सूचना प्रकाशन गर्दै जानकारी दिएको छ ।

रिटेल पेमेन्ट स्विच (आरपीएस) प्रणालीमा लाग्ने शुल्क परिमार्जन गर्दै कारोबार रकम सीमाका आधारमा लागु हुन्छ । यसअनुसार मोबाइल बैंकिङ, कनेक्ट आईपीएसको मोबाइल एप तथा वेबसाइट र वालेटमा रकम राख्दा वा झिक्दा ५ सय रुपैयाँसम्मको रकम ट्रान्सफरमा कुनै पनि शुल्क लाग्ने छैन ।

यी माध्यमबाट ५ सयदेखि ५ हजार रुपैयाँसम्म ट्रान्सफर गर्दा ४ रुपैयाँ र ५ हजारमाथिका हकमा ८ रुपैयाँ शुल्क लाग्ने छ । त्यस्तै क्रेडिटर तथा मर्चेन्ट भुक्तानीमा समेत शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

यस अनुसार मर्चेन्ट भुक्तानीका हकमा ५ सय रुपैयाँसम्म २ रुपैयाँ, ५ सय देखि ५ हजारसम्मको भुक्तानीमा ४ रुपैयाँ र ५ हजारभन्दा माथिको भुक्तानीमा ८ रुपैयाँ शुल्क तोकिएको छ ।

सेवा प्रदायक तथा मर्चेन्टले शुल्क बेहोरेको कारोबारमा रकम पठाउन ग्राहकलाई कुनै शुल्क नलाग्ने एनसीएचएलले जनाएको छ ।

कारोबार संख्यामा वृद्धिसँगै कारोबार शुल्क समायोजन गर्ने नीति एनसीएचएलले लिँदै आएको छ । आरपीएस मार्फत गत आर्थिक वर्ष ५ हजार ६ सय ९७ अर्ब बराबरको ७ करोड ५६ लाख भुक्तानी कारोबार फछ्र्योट गरेको थियो भने चालू आव ८ महिनामा ४ हजार ५ सय ५३ अर्ब बराबरको ६ करोड ८३ लाख भुक्तानी कारोबार फर्छ्योट गरिसकेको छ ।

हाल ५२ बैंक वित्तीय संस्थाहरूको मोबाइल बैंकिङ एपमा आरपीएस र कनेक्ट आइपीएसबाट फन्ड ट्रान्स्फर गर्न सकिने सेवा उपलब्ध छ भने १३ भन्दा बढी वालेटमा बैंक खाताबाट क्यास इन र क्यास आउट सेवा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 April 2025
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता