तीनकुनेको प्रदर्शनमा २० जनालाई गोली लाग्यो

तीनकुनेको प्रदर्शनमा २० जनालाई गोली लाग्यो : Icon Khabar

काठमाडौं, चैत २० । शुक्रबार भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा २० जनालाई गोली लागेको पाइएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले हिंसात्मक प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा चलाएको गोली लागेर २० जना घाइते भएको बताए । उनले भने, ‘गोली लागेकामध्ये दुई जना महिला थिए ।’

राजावादी समूहले गरेको प्रदर्शनका क्रममा गोली लागेर ललितपुरका सविन महर्जनको मृत्यु भएको थियो । कोटेश्वरस्थित शंकर मार्गमा रेविका र दिनेश खत्री घाइते भएका थिए ।

प्रहरीका अनुसार, गोली लागेर घाइतेमध्ये १३ जनाको अझै विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपत्यका प्रहरी कार्यालयले उपलब्ध गराएको विवरणअनुसार, शुक्रबार भएको प्रदर्शनमा मात्र प्रहरीले ७४६ राउन्ड अश्रुग्यास हानेको थियो भने १९२ ब्ल्याङ्क राउन्ड फायरिङ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 April 2025
Website | + posts




ताजा
मंगलबार नेप्से परिसूचक १९.४३ अंकले घट्यो
नेपाल एयरलाइन्सको अक्टोबर १९ को काठमाडौं–ग्वाञ्जाओ उडान रद्द
यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा
राष्ट्र बैंकले चाँदीको सिक्का बेच्दै,एक जनाले एउटा मात्रै किन्न पाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित