तीनकुनेमा भएको प्रदर्शनबारे जवाफ दिन गृहमन्त्रीलाई संसदीय समितिले बोलायो

तीनकुनेमा भएको प्रदर्शनबारे जवाफ दिन गृहमन्त्रीलाई संसदीय समितिले बोलायो : Icon Khabar

काठमाडौं, चैत २० । संसदीय समितिले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनबारे जवाफ दिन गृहमन्त्री रमेश लेखकलाई बोलाएको छ ।

प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले राजावादी समूहको प्रदर्शनमा भएको लुटपाट, तोडफोडढ तथा आगजनीको घटनाबारे जवाफ दिन गृहमन्त्री लेखकलाई समितिमा बोलाएको हो ।

बुधबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले राजावादी समूहको प्रदर्शनका क्रममा भएका जनधनको क्षतिबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने बताएका थिए ।

उक्त विषयमा जवाफ दिनका लागि गृहमन्त्री लेखक आगामी शुक्रबार बस्ने बैठकमा उपस्थित हुने समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 April 2025
Website | + posts




ताजा
मंगलबार नेप्से परिसूचक १९.४३ अंकले घट्यो
नेपाल एयरलाइन्सको अक्टोबर १९ को काठमाडौं–ग्वाञ्जाओ उडान रद्द
यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा
राष्ट्र बैंकले चाँदीको सिक्का बेच्दै,एक जनाले एउटा मात्रै किन्न पाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित