तीनकुनेमा भएको प्रदर्शनबारे जवाफ दिन गृहमन्त्रीलाई संसदीय समितिले बोलायो

तीनकुनेमा भएको प्रदर्शनबारे जवाफ दिन गृहमन्त्रीलाई संसदीय समितिले बोलायो : Icon Khabar

काठमाडौं, चैत २० । संसदीय समितिले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनबारे जवाफ दिन गृहमन्त्री रमेश लेखकलाई बोलाएको छ ।

प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले राजावादी समूहको प्रदर्शनमा भएको लुटपाट, तोडफोडढ तथा आगजनीको घटनाबारे जवाफ दिन गृहमन्त्री लेखकलाई समितिमा बोलाएको हो ।

बुधबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले राजावादी समूहको प्रदर्शनका क्रममा भएका जनधनको क्षतिबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने बताएका थिए ।

उक्त विषयमा जवाफ दिनका लागि गृहमन्त्री लेखक आगामी शुक्रबार बस्ने बैठकमा उपस्थित हुने समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।

Published Date: 02 April 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु