राप्रपाद्वारा माईतीघर मण्डलामा विरोध प्रदर्शन

राप्रपाद्वारा माईतीघर मण्डलामा विरोध प्रदर्शन : Icon Khabar

काठमाडौँ, चैत १८ । राष्ट्रिय प्रजातन्त्र पार्टीले माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेको छ ।

सोमवार चैत्र १५ गतेको बिरोध प्रदर्शनका क्रममा पक्राउ परेका नेता कार्यकर्ताहरुलाई बिना शर्त रिहा गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको हो । १५ गतेको प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा. धवल समशेर जबरासहित अन्य प्रदर्शनकारीहरुमाथि पनि सरकारले पक्राउ गरी मुद्दा चलाएको छ ।

प्रदर्शनकारीहरले झुटा मुद्दामा पक्राउ परेका राप्रपा नेता र राष्ट्रवादी नेताहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् । उनीहरुले मृतकलाई शहीद घोषणा गर, घटनाको न्यायोचित छानविन गर, नालायक सरकार राजीनामा दे लगायतका प्लेकार्ड नारा लगाएर बिरोध प्रदर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 March 2025
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने