डब्लूएचओद्वारा म्यानमार भूकम्पपिडितलाई सहयोग गर्न तत्काल ८० लाख डलर सहयोग माग

डब्लूएचओद्वारा म्यानमार भूकम्पपिडितलाई सहयोग गर्न तत्काल ८० लाख डलर सहयोग माग : Icon Khabar

काठमाडौँ, चैत १८ । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले म्यानमारमा गएको भूकम्पबाट प्रभावित जनतालाई सहयोग गर्न तत्काल ८० लाख डलर सहयोग मागेको छ ।

यस भूकम्पमा करिब १ हजार ७ सय जनाको ज्यान गएको छ भने हजारौँ मानिस घाइते वा रोगको जोखिममा छन् ।
अत्यावश्यक स्वास्थ्य सेवाहरू पुनःस्थापना गर्न, घाइतेहरूको उपचार गर्न र रोगहरूको फैलावट रोक्न आगामी ३० दिनमा सहयोग आवश्यक रहेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ।

म्यानमारमा मार्च २८ मा गएको भूकम्पका कारण करिब १७ सय जनाको मृत्यु भएको छ भने ३ हजार ४ सय घाइते भएको बताइएको छ ।

म्यानमारमा गएको भूकम्पको धक्का छिमेकी देश थाइल्याण्डमा पनि महसुस गरिएको थियो । थाइल्याण्डमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 March 2025
Website | + posts




ताजा
विदेशी विनिमय सञ्चितिले साढे १९ महिनाको आयात धान्ने
सभामुखले दलका सचेतकहरूलाई बैठक बोलाए : संसद विघटनबारे छलफल हुने
महराको बयान सकियो, भोलि थुनछेक बहस
अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब, वृद्धिदर ४.६१ प्रतिशत


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित