डब्लूएचओद्वारा म्यानमार भूकम्पपिडितलाई सहयोग गर्न तत्काल ८० लाख डलर सहयोग माग

डब्लूएचओद्वारा म्यानमार भूकम्पपिडितलाई सहयोग गर्न तत्काल ८० लाख डलर सहयोग माग : Icon Khabar

काठमाडौँ, चैत १८ । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले म्यानमारमा गएको भूकम्पबाट प्रभावित जनतालाई सहयोग गर्न तत्काल ८० लाख डलर सहयोग मागेको छ ।

यस भूकम्पमा करिब १ हजार ७ सय जनाको ज्यान गएको छ भने हजारौँ मानिस घाइते वा रोगको जोखिममा छन् ।
अत्यावश्यक स्वास्थ्य सेवाहरू पुनःस्थापना गर्न, घाइतेहरूको उपचार गर्न र रोगहरूको फैलावट रोक्न आगामी ३० दिनमा सहयोग आवश्यक रहेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ।

म्यानमारमा मार्च २८ मा गएको भूकम्पका कारण करिब १७ सय जनाको मृत्यु भएको छ भने ३ हजार ४ सय घाइते भएको बताइएको छ ।

म्यानमारमा गएको भूकम्पको धक्का छिमेकी देश थाइल्याण्डमा पनि महसुस गरिएको थियो । थाइल्याण्डमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

Published Date: 31 March 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै