काठमाडौँ, चैत १८ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमानदुई तिहाईको सरकारले आफूलाई जिउँदै छोड्नु नै आफ्नो जितभएको बताएका छन्।
सोमबार रास्वपाको केन्द्रीय समितिको विशेष बैठकमा सम्बोधनगर्दै उनले लोकतन्त्र, गणतन्त्रको आडमा लुटतन्त्र मच्चाईरहेको भन्दै त्यसको खबरदारी गर्न शरिरमा एक थोपा रगत भएसम्म पछि नहट्ने बताए।
उनले भने,‘सरकारले सक्नेजति जोड बल लगाएको छ। केही नभएको भए त्यत्रो धरौटी लिन्थ्यो अदालतले भन्छन्। तीमिहरुको दुई तिहाईको सरकारले मलाई जिउँदै छोडेको छ यही नै मेरो जित हो। शरिरमा एक थोपा रगत हुनजेलसम्म यो लुटतन्त्रको विरोधमा उभिने छु। चाहे जतिसुकै मुद्दा लगाउनु छ लगाऊ,ज्यानमार्नु छ मार,मैले व्यक्तिगत जीवनको लागि कहिल्यै केही मागेको छैन। म राजनीतिमा हुन्नथे भने यो दु:ख खेप्नुपर्ने पनि थिएन। लोकतन्त्र, गणतन्त्रको आडमा लुटतन्त्र मच्चाईरहेकाहरुलाई खबरदारी गर्न रवि लामिछाने कहिल्यै पनि पछि हट्दैन।’
त्यस्तै, उनले सरकारको आफूमाथिको षड्यन्त्रको शिलशिला अझै नसकिएको भन्दै कुनै दिनपनिहार नमानेको र मान्नेवालापनि नरहेको जिकिर गरे। जतिसुकै आक्षेप लागेपनि जुनसुकै तराजुमा बसेर आफूलाई तौलन तयार भएर बसेको उनले बताए।
उनले भने,‘सरकारको षड्यन्त्रको यो शिलशिलाअझै सकिएको छैन,तर कुनै दिनपनि हार मानेको थिइन,कहिल्यै हार मान्नेवालापनि छैन्।जुनसुकै समस्याको पनि समाधान गर्छु भनेर राजनीतिको मैदानमा आएको मान्छे हुँ। जतिसुकै आक्षेप लागोस्। जुनसुकै तराजुमा बसेर आफूलाई तौलन म तयार भएर बसेको छु।’
Published Date: 31 March 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news