बेल्जियमका जान डी ब्रान्ड नेपालको भलिबल प्रशिक्षकमा नियुक्त

बेल्जियमका जान डी ब्रान्ड नेपालको भलिबल प्रशिक्षकमा नियुक्त : Icon Khabar

काठमाडौं, फागुन १ । नेपाली राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका जान डी ब्रान्डट नियुक्त भएका छन् । नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले अन्तर्राष्ट्रिय भलिबल महासंघको प्राविधिक सहयोगमा राष्ट्रिय टोलीको भलिबल प्रशिक्षकमा नियुक्त भएको पुष्टि गरेका छन् ।

बेल्जियमका जान डी ब्रान्ड ६ महिनाका लागि नेपालको प्रशिक्षकमा नियुक्त भएका छन् । उनको कार्यकाल मार्चदेखि अगस्टसम्मको हुनेछ र उनी नेपालको पुरुष तथा महिला दुवै टोलीमा हुनेछन् । जानले आगामी सेप्टेम्बरमा हुने एसियाली खेलकुदसम्म नेपालको प्रशिक्षकको रुपमा काम गर्नेछन् ।

Published Date: 13 February 2023
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय