नेपाल औषधि लिमिटेडद्वारा महाप्रबन्धक पदका लागि आवेदन दिन आह्वान

नेपाल औषधि लिमिटेडद्वारा महाप्रबन्धक पदका लागि आवेदन दिन आह्वान : Icon Khabar

काठमाडौं, फागुन १ । नेपाल औषधि लिमिटेडले महाप्रबन्धक पदका लागि आवेदन खुला गरेको छ । कम्पनीको रिक्त महाप्रबन्धकको पदमा खुला प्रतिस्पर्धाबाट भर्ना गर्नका लागि आवेदन खुल्ला गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै योग्यता पुगेका उम्मेदवारले २१ दिनभित्र आवेदन दिन सक्ने जनाएको छ । आवेदकको उमेर ३५–६५ वर्ष हुनुपर्ने भनिएको छ ।

त्यस्तै महाप्रबन्धक पदमा आवेदन दिन फार्मेसी वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानूनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्नेछ । त्यस्तै, आवेदकसँग कम्तीमा पाँच वर्षको अनुभव हुनुपर्ने सूचनामा उल्लेख छ ।

 

Published Date: 13 February 2023
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय