फाइजर खोपको ३ लाख ४५ हजार डोज नेपाल भित्रियो

फाइजर खोपको ३ लाख ४५ हजार डोज नेपाल भित्रियो : Icon Khabar

काठमाडौं, फागुन १ । फाइजरको नयाँ बाइभ्यालेन्ट भ्याक्सिन नेपालमा आइपुगेको छ । खोपको ३ लाख ४५ हजार डोज नेपाल भित्रिएको छ । सोमबार बिहान ९ बजे खोप वितरण गरिएको स्वास्थ्य सेवा विभागको आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।

उनले गभिमार्फत प्राप्त भ्याक्सिन टेकुस्थित विभागमा भण्डारण गरिने बताए । नेपालमा पहिलो पटक ल्याइएको बाइभ्यालेन्ट भ्याक्सिनलाई बुस्टर डोजका रूपमा प्रयोग गरिएको छ । यो खोप ओमिक्रोंनको उप संस्करणहरू विरुद्ध प्रभावकारी मानिन्छ।

कोभ्याक्स सुविधा अन्तर्गत चार चरणमा कुल १५ लाख डोज बाइभ्यालेन्ट भ्याक्सिन उपलब्ध गराइने छ र सोही अनुसार आज ३ लाख ४५ हजार डोज आइपुगेको हो।

Published Date: 13 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?