फाइजर खोपको ३ लाख ४५ हजार डोज नेपाल भित्रियो

फाइजर खोपको ३ लाख ४५ हजार डोज नेपाल भित्रियो : Icon Khabar

काठमाडौं, फागुन १ । फाइजरको नयाँ बाइभ्यालेन्ट भ्याक्सिन नेपालमा आइपुगेको छ । खोपको ३ लाख ४५ हजार डोज नेपाल भित्रिएको छ । सोमबार बिहान ९ बजे खोप वितरण गरिएको स्वास्थ्य सेवा विभागको आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।

उनले गभिमार्फत प्राप्त भ्याक्सिन टेकुस्थित विभागमा भण्डारण गरिने बताए । नेपालमा पहिलो पटक ल्याइएको बाइभ्यालेन्ट भ्याक्सिनलाई बुस्टर डोजका रूपमा प्रयोग गरिएको छ । यो खोप ओमिक्रोंनको उप संस्करणहरू विरुद्ध प्रभावकारी मानिन्छ।

कोभ्याक्स सुविधा अन्तर्गत चार चरणमा कुल १५ लाख डोज बाइभ्यालेन्ट भ्याक्सिन उपलब्ध गराइने छ र सोही अनुसार आज ३ लाख ४५ हजार डोज आइपुगेको हो।

Published Date: 13 February 2023
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय