द्विपक्षीय संयन्त्र बैठकमा भारतीय विदेश सचिव क्वात्रा सहभागी

द्विपक्षीय संयन्त्र बैठकमा भारतीय विदेश सचिव क्वात्रा सहभागी : Icon Khabar

काठमाडौं, फागुन १ । नेपालको दुईदिने भ्रमणका लागि भारतीय विदेश सचिव विनय मोहन आज काठमाडौं आइपुगेका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौडेल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायतले स्वागत गरेका थिए । विमानस्थलबाट उनी सिधै होटल याक एन्ड यति गए ।

उनी नेपाल–भारत द्विपक्षीय सचिवस्तरीय संयन्त्रको बैठकमा सहभागी भएका थिए । उनले कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य र संस्कृतिलगायत द्विपक्षीय सहयोगका धेरै विषयमा छलफल गरे।

भोलि स्वदेश फर्कनुअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, राजनीतिक दलका शीर्ष नेता तथा उच्च सरकारी अधिकारीसँग भेटवार्ता गर्नेछन् ।

Published Date: 13 February 2023
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय