द्विपक्षीय संयन्त्र बैठकमा भारतीय विदेश सचिव क्वात्रा सहभागी

द्विपक्षीय संयन्त्र बैठकमा भारतीय विदेश सचिव क्वात्रा सहभागी : Icon Khabar

काठमाडौं, फागुन १ । नेपालको दुईदिने भ्रमणका लागि भारतीय विदेश सचिव विनय मोहन आज काठमाडौं आइपुगेका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौडेल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायतले स्वागत गरेका थिए । विमानस्थलबाट उनी सिधै होटल याक एन्ड यति गए ।

उनी नेपाल–भारत द्विपक्षीय सचिवस्तरीय संयन्त्रको बैठकमा सहभागी भएका थिए । उनले कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य र संस्कृतिलगायत द्विपक्षीय सहयोगका धेरै विषयमा छलफल गरे।

भोलि स्वदेश फर्कनुअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, राजनीतिक दलका शीर्ष नेता तथा उच्च सरकारी अधिकारीसँग भेटवार्ता गर्नेछन् ।

Published Date: 13 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?