काठमाडौं, चैत १४ । बिहिबार नेप्से परिसूचक ४१.६७ विन्दुले बढेर २६६३.५४ अंकमा आइपुगेको छ ।
आज ५ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् । २ कम्पनीमा सकारात्मक सर्किट ब्रेकर लागेका छन् ।
आज ३ सय ९ कम्पनीको ९७ लाख ७२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५१ करोड १८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी परेका छन् ।
Published Date: 27 March 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1