नजिकिँदै गरेको प्रसिद्ध बिस्का: जात्रालाई शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न बैठक भक्तपुरमा सम्पन्न

नजिकिँदै गरेको प्रसिद्ध बिस्का: जात्रालाई शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न बैठक भक्तपुरमा सम्पन्न : Icon Khabar

भक्तपुर, चैत १४ । नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्का: जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सोमबार सरोकारवालाहरूसँगको बैठक भक्तपुरमा सम्पन्न भयो ।

बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०८१।८२ को बिस्का: जात्रा निर्धारित समयमा सुरक्षित ढंगले सम्पन्न गर्न सम्बन्धित सरोकारवालाहरूले आ–आफ्नो तर्फबाट आवश्यक भूमिका निर्वाह गर्न आग्रह गरे। उनले २०८१ चैत्र २८ गतेदेखि २०८२ वैशाख ५ गते सम्म सञ्चालन हुने ८ रात ९ दिनको भक्तपुरको प्रसिद्ध बिस्का जात्रा देशी विदेशीको साझा जात्राको रुपमा रहेको बताए।

बैठकमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले गत वर्षजस्तै यस वर्षको बिस्का: जात्रालाई पनि शान्तपूर्ण ढंगले सम्पन्न गर्न सरोकारवालाहरुबाट साथ र सहयोग रहने विश्वास व्यक्त गरीन।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रजिअ गोपालप्रसाद अर्यालले भक्तपुर नपाले अपनत्व ग्रहण गरी बिस्का: जात्रालाई शान्तिपूर्ण बनाउने प्रयास सराहनीय भएको बताउँदै देशकै गौरवको रुपमा रहेको बिस्का: जात्रालाई सबैको सहयोगमा सभ्य र भव्य रुपमा सम्पन्न गर्नुपर्ने बताए।

बैठकमा गुठी संस्थान भक्तपुरका प्रमुख खिमा ओलीले गुठी संस्थान कार्यालयले बिस्का जात्राबारे गुठी संस्थानको हालसम्मको तयारीबारे गराईन्।

बैठकमा भक्तपुर नपाका जनप्रतिनिधि, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी बल, नेपाल टेलिकम, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल विद्युत प्राधिकरण, नेपाल रेडक्रस सोसाइटी, भैरवनाथ जात्रा सहयोग समिति, अस्पतालहरुका प्रतिनिधि र जात्रासँग सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो भने बिस्का जात्रा व्यवस्थापनबारे आ–आफ्नो तर्फबाट हुने सहयोग र तयारीबारे बैठकमा अवगत गराए।

बिस्केट जात्रा सञ्चालन गर्ने विषयमा जात्रासँग सम्बन्धित सरोकारवालाबीच भएको महत्वपूर्ण निर्णयहरू:
१. यस वर्षको बिस्का जात्रा शान्तिपूर्ण र भव्यताका साथ सम्पन्न गर्न जात्रा सञ्चालन हुने सम्पूर्ण क्षेत्रहरुको सरसफाई र आवश्यक व्यवस्थापन तथा प्रचारप्रसारलगायत सरकोकारवालाहरुसंग समन्वय गर्ने कार्य भक्तपुर नगरपालिकाले गर्ने निर्णय

२. बिस्का: जात्रा अवधिभर नगर क्षेत्रको शान्ति सुरक्षाको व्यवस्था जिल्ला प्रशासन कार्यालय, भक्तपुर र जिल्ला प्रहरी परिसर भक्तपुरलगायत सुरक्षा निकायले पारस्परिक समन्वयमा प्रभावकारी ढ·ले मिलाउने निर्णय

३. बिस्का: जात्रासम्बन्धी सम्पूर्ण पूजाआजा र जात्रा समयमै सूरू र सम्पन्न गर्न आवश्यक तयारीको लागि गुठी संस्थान शाखा कार्यालय, भक्तपुरलाई जिम्मा दिने निर्णय

४. विस्का: जात्रासंग सम्बन्धित पूजाआजा र आवश्यक तयारीको लागि भैल नायोहरु र भद्रकाली अजिमा गुठियारहरु, जात्रा व्यवस्थापन समिति र सम्बन्धित वडा कार्यालयलाई जिम्मेवारी दिने निर्णय

५. बिस्का: जात्रा सञ्चालन हुने नगरका सम्पूर्ण क्षेत्रहरुमा रहेको तार, केबुल र फाइबर नेटका केबुलहरु व्यवस्थित गर्न सम्बन्धित सेवा प्रदायकहरुलाई जिम्मेवारी दिने र आवश्यक सहजीकरण नगरपालिकाले गर्ने निर्णय

६. बिस्का: जात्रा सञ्चालन हुने दिनहरुमा नगर क्षेत्रमा रहेका अस्पतालहरुका एम्बुलेन्स, दमकल तथा विपद पूर्वतयारीका सामानहरु तयारी अवस्थामा राख्न नेपाल रेडक्रस सोसाइटी, भक्तपुरले आवश्यक व्यवस्थापन गर्ने र अस्पतालको इमर्जेन्सी वार्डमा स्वास्थ्यकर्मीहरुलाई सतर्क अवस्थामा राख्न नगरपालिकाले आवश्यक समन्वय गर्ने निर्णय

७. बिस्का: जात्रा अवधिभर जात्रामा अत्याधिक भीड हुने दिनहरु २०८१ चैत्र ३१, २०८२ बैशाख १ र ५ गते भीड हुने स्थानहरुमा स्वयम्सेवकहरु खटाइ आवश्यक व्यवस्थापन गर्नेे निर्णय

८. बिस्का: जात्राको क्रममा सडकमा सवारी साधन व्यवस्थित गर्न ट्राफिक कार्यालय, भक्तपुरलाई जिम्मेवारी दिने निर्णय

९. खानेपानी व्यवस्थापन केयुकेएललाई र विद्युत प्रशारणमा कुनै किसिमको समस्या आउन नदिन नेपाल विद्युत प्राधिकरण, भक्तपुर शाखालाई जिम्मेवारी दिने निर्णय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 March 2025
Website | + posts