शुक्रबार हुने प्रदर्शन: अस्ट्रेलियन दूतावासद्वारा आफ्ना नागरिकहरूलाई सतर्क रहन ट्राभल एडभाइजरी जारी

शुक्रबार हुने प्रदर्शन: अस्ट्रेलियन दूतावासद्वारा आफ्ना नागरिकहरूलाई सतर्क रहन ट्राभल एडभाइजरी जारी : Icon Khabar

काठमाडौं, चैत १४ । काठमाडौंमा शुक्रबार (चैत १५ गते) राजावादी समूह र समाजवादी मोर्चाले छुट्टाछुट्टै प्रदर्शन गर्ने तयारी गरेका छन्। सोही प्रदर्शनलाई मध्यनजर गरेर नेपालस्थित अस्ट्रेलियन दूतावासले आफ्ना नागरिकहरूलाई सतर्क रहन ट्राभल एडभाइजरी जारी गरेको छ ।

दूतावासद्वारा जारी ट्राभल एडभाइजरी अनुसार, प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायातमा अवरोध आउन सक्छ । अवस्था असहज बनेमा स्थानीय प्रशासनले छोटो समयमा नै कर्फ्यू लगाउने सम्भावना रहेको उल्लेख गर्दै दूतावासले लेखेको छ।

दूतावासले काठमाडौंमा रहेका आफ्ना नागरिकहरूलाई सतर्क रहन, स्थानीय मिडियामार्फत नियमित अपडेट लिन र भीडभाडयुक्त स्थानबाट टाढा रहन आग्रह गरेको हो ।

Published Date: 27 March 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर