काठमाडौं, चैत १४ । काठमाडौंमा शुक्रबार (चैत १५ गते) राजावादी समूह र समाजवादी मोर्चाले छुट्टाछुट्टै प्रदर्शन गर्ने तयारी गरेका छन्। सोही प्रदर्शनलाई मध्यनजर गरेर नेपालस्थित अस्ट्रेलियन दूतावासले आफ्ना नागरिकहरूलाई सतर्क रहन ट्राभल एडभाइजरी जारी गरेको छ ।
दूतावासद्वारा जारी ट्राभल एडभाइजरी अनुसार, प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायातमा अवरोध आउन सक्छ । अवस्था असहज बनेमा स्थानीय प्रशासनले छोटो समयमा नै कर्फ्यू लगाउने सम्भावना रहेको उल्लेख गर्दै दूतावासले लेखेको छ।
दूतावासले काठमाडौंमा रहेका आफ्ना नागरिकहरूलाई सतर्क रहन, स्थानीय मिडियामार्फत नियमित अपडेट लिन र भीडभाडयुक्त स्थानबाट टाढा रहन आग्रह गरेको हो ।
Published Date: 27 March 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1