काठमाडौंका दुई ठाउँमा शुक्रबार प्रदर्शन हुने

काठमाडौंका दुई ठाउँमा शुक्रबार प्रदर्शन हुने : Icon Khabar

काठमाडौँ, चैत १४ । काठमाडौंका दुई ठाउँमा शुक्रबार प्रदर्शन हुने भएको छ। नेकपा (माओवादी केन्द्र) सहितको समाजवादी मोर्चा र दुर्गा प्रसाई नेतृत्वको समूहले बेग्लाबेग्लै प्रदर्शन गर्न लागेका हुन्।

समाजवादी मोर्चाले गणतन्त्रका पक्षमा प्रदर्शन गर्न लागेको हो भने प्रसाईं नेतृत्वको समूहले राजसंस्था पुनर्स्थापनालगायत एजेन्डा अघि सारेर प्रदर्शन गर्न लागेका हुन्।

प्रदर्शनका लागि दुवै पक्षले काठमाडौं प्रशासन कार्यालयबाट अनुमति लिइसकेका छन्।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार समाजवादी मोर्चालाई काठमाडौंको भृकुटीमण्डपमा र प्रसाईंलाई तीनकुनेमा प्रदर्शनका लागि अनुमति दिइएको छ।

दुवै कार्यक्रम शुक्रबार ११ बजेपछि मात्रै सुरू हुनेछ। दुई वटा प्रदर्शनलाई छुट्टाछुट्टै ठाउँ तोकिएको छ। उनीहरूले विभिन्न ठाउँबाट र्‍यालीसमेत गर्ने भएकोले सवारी अस्तब्यस्त हुने सम्भावना छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले दुई ठाउँमा हुने प्रदर्शनका लागि प्रहरीले सुरक्षालगायत आवश्यक तयारी गरिसकेको बताए।

Published Date: 27 March 2025


ताजा
मंगलबार नेप्से परिसूचक ५.३० अंकले घट्यो
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
आज मंगलबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली