जनयुद्ध दिवस माओवादीको सम्पत्ति मात्र होइन, अब राष्ट्रको सम्पत्ति हो: प्रधानमन्त्री दाहाल

जनयुद्ध दिवस माओवादीको सम्पत्ति मात्र होइन, अब राष्ट्रको सम्पत्ति हो: प्रधानमन्त्री दाहाल : Icon Khabar

काठमाडौं, फागुन १ । प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्ध दिवस अब राष्ट्रको सम्पत्ति भएको बताएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालयमा जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले परिवर्तन ल्याएको ठूलो आन्दोलन र त्यसको नेतृत्वले जनयुद्ध दिवसलाई उचित ठहर गर्दै ऐतिहासिक आवश्यकतालाई मध्यनजर गर्दै सरकारले सार्वजनिक बिदा दिएको बताए ।

दाहालले भने, ‘यस परिवर्तनका लागि ठूला आन्दोलन र त्यसको औचित्य पुष्टि गर्न दृढ संकल्पका साथ नेतृत्वले अगाडि बढ्नुको विकल्प छैन । नेपाल सरकारका तर्फबाट हिजो बसेको मन्त्रिपरिषद्को बैठकले ऐतिहासिक आवश्यकतालाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरेको हो । अब यो माओवादीको सम्पत्ति मात्र होइन, नेपाल राष्ट्रको सम्पत्ति भएको छ ।”

प्रधानमन्त्री दाहालले यसपटक सरकारको नेतृत्वलाई चुनौतीपूर्ण अवसरका रुपमा लिएको उल्लेख गर्दै असफलताको कुनै ठाउँ नभएको उल्लेख गरे । उनले सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नुको विकल्प नभएको पनि बताए ।

त्यसैगरी उनले कम्युनिष्ट र समाजवादी आन्दोलनका शक्तिहरुसँग समाजवादी मोर्चा बनाउने सैद्धान्तिक सहमति भइसकेको दाबी गर्दै छिट्टै पार्टी एकताको अर्को प्रक्रिया सुरु हुने बताए ।

‘हामीले केही समयदेखि आन्दोलनलाई एकीकरण गर्ने प्रक्रिया सुरु गरेका छौँ । धेरै समूहसँग पनि छलफल गरेको छु, पार्टी एकताको अर्को प्रक्रिया छिट्टै अगाडि बढ्छ भन्ने विश्वास लिएको छु । यसले सामान्य माओवादी नेता र कार्यकर्तालाई मात्रै होइन आम जनतालाई पनि उत्प्रेरित गर्नेछ,’ दाहालले भने ।

‘समाजवादी मोर्चा गठनका लागि कम्युनिष्ट र समाजवादी आन्दोलनका शक्तिसँग सैद्धान्तिक सहमति भएको छ । नेपालमा भोलिको नेतृत्व छिट्टै समाजवादी मोर्चा बन्नेछ भन्ने मलाई विश्वास छ ।

Published Date: 13 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?