जनयुद्ध दिवस माओवादीको सम्पत्ति मात्र होइन, अब राष्ट्रको सम्पत्ति हो: प्रधानमन्त्री दाहाल

जनयुद्ध दिवस माओवादीको सम्पत्ति मात्र होइन, अब राष्ट्रको सम्पत्ति हो: प्रधानमन्त्री दाहाल : Icon Khabar

काठमाडौं, फागुन १ । प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्ध दिवस अब राष्ट्रको सम्पत्ति भएको बताएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालयमा जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले परिवर्तन ल्याएको ठूलो आन्दोलन र त्यसको नेतृत्वले जनयुद्ध दिवसलाई उचित ठहर गर्दै ऐतिहासिक आवश्यकतालाई मध्यनजर गर्दै सरकारले सार्वजनिक बिदा दिएको बताए ।

दाहालले भने, ‘यस परिवर्तनका लागि ठूला आन्दोलन र त्यसको औचित्य पुष्टि गर्न दृढ संकल्पका साथ नेतृत्वले अगाडि बढ्नुको विकल्प छैन । नेपाल सरकारका तर्फबाट हिजो बसेको मन्त्रिपरिषद्को बैठकले ऐतिहासिक आवश्यकतालाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरेको हो । अब यो माओवादीको सम्पत्ति मात्र होइन, नेपाल राष्ट्रको सम्पत्ति भएको छ ।”

प्रधानमन्त्री दाहालले यसपटक सरकारको नेतृत्वलाई चुनौतीपूर्ण अवसरका रुपमा लिएको उल्लेख गर्दै असफलताको कुनै ठाउँ नभएको उल्लेख गरे । उनले सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नुको विकल्प नभएको पनि बताए ।

त्यसैगरी उनले कम्युनिष्ट र समाजवादी आन्दोलनका शक्तिहरुसँग समाजवादी मोर्चा बनाउने सैद्धान्तिक सहमति भइसकेको दाबी गर्दै छिट्टै पार्टी एकताको अर्को प्रक्रिया सुरु हुने बताए ।

‘हामीले केही समयदेखि आन्दोलनलाई एकीकरण गर्ने प्रक्रिया सुरु गरेका छौँ । धेरै समूहसँग पनि छलफल गरेको छु, पार्टी एकताको अर्को प्रक्रिया छिट्टै अगाडि बढ्छ भन्ने विश्वास लिएको छु । यसले सामान्य माओवादी नेता र कार्यकर्तालाई मात्रै होइन आम जनतालाई पनि उत्प्रेरित गर्नेछ,’ दाहालले भने ।

‘समाजवादी मोर्चा गठनका लागि कम्युनिष्ट र समाजवादी आन्दोलनका शक्तिसँग सैद्धान्तिक सहमति भएको छ । नेपालमा भोलिको नेतृत्व छिट्टै समाजवादी मोर्चा बन्नेछ भन्ने मलाई विश्वास छ ।

Published Date: 13 February 2023
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय