नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक आगामी फागुन १७–१८ मा भारतमा हुने

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक आगामी फागुन १७–१८ मा भारतमा हुने : Icon Khabar

काठमाडौं, फागुन १ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आगामी फागुन १७–१८ मा भारतमा हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालका अनुसार समितिको दशौँ बैठक उक्त मितिमा भारतमा बस्दैछ ।

उनले दुई देशको सचिवस्तरीय संयुक्त कार्यदल फागुन १७ गते बस्ने र त्यसपछि फागुन १८ गते संयुक्त संचालन समितिको बैठक बस्ने जानकारी दिए । ऊर्जा सहयोग, अन्तरदेशीय विद्युत व्यापार र सीमापार प्रसारण लाइनको पूर्वाधार विकास आगामी साता बस्ने बैठकका प्रमुख एजेण्डा हुन् । त्यसैगरी, दीर्घकालीन विद्युत खरिद सम्झौता बैठकमा छलफलको प्राथमिकतामा रहेको प्रवक्ता भेटुवालले जानकारी दिए ।

ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट थप विद्युत् निर्यात गर्ने विषय बैठकको एजेण्डा हो । हाल प्रशारणले ६ सय मेगावाटसम्म विद्युत् निर्यात गर्ने अनुमति दिएको छ । यसका साथै बैठकमा ४०० केभी–न्यू बुटवल–गोरखपुर, दुहबी–पूर्णिया र लम्की–बरेली अन्तरदेशीय प्रसारण लाइनबारे पनि छलफल हुनेछ ।

त्यसैगरी बैठकमा नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत् निर्यात गर्न प्रस्तुत गरेका आयोजनालाई अनुमोदन गर्न नेपाली पक्षले प्रस्ताव गर्नेछ । संयुक्त बैठकले नयाँ बुटवल–गोरखपुर प्रसारण लाइन निर्माण र भारतको सतलुज जलविद्युत निगमले निर्माण गरिरहेको विद्युत् आयोजनाको प्रगति प्रतिवेदनको मूल्याङ्कन र समीक्षा गर्नेछ ।

गत वर्ष काठमाडौंमा भएको नवौं संयुक्त स्टेयरिङ बैठकले संयुक्त जलविद्युत आयोजनाको सहजीकरणका लागि नेपाल र भारतका तीन–तीन सदस्यको संयुक्त प्राविधिक टोली गठन गरेको थियो र बैठकले टोलीका गतिविधिको समीक्षा गर्नेछ ।

Published Date: 13 February 2023




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न