नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक आगामी फागुन १७–१८ मा भारतमा हुने

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक आगामी फागुन १७–१८ मा भारतमा हुने : Icon Khabar

काठमाडौं, फागुन १ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आगामी फागुन १७–१८ मा भारतमा हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालका अनुसार समितिको दशौँ बैठक उक्त मितिमा भारतमा बस्दैछ ।

उनले दुई देशको सचिवस्तरीय संयुक्त कार्यदल फागुन १७ गते बस्ने र त्यसपछि फागुन १८ गते संयुक्त संचालन समितिको बैठक बस्ने जानकारी दिए । ऊर्जा सहयोग, अन्तरदेशीय विद्युत व्यापार र सीमापार प्रसारण लाइनको पूर्वाधार विकास आगामी साता बस्ने बैठकका प्रमुख एजेण्डा हुन् । त्यसैगरी, दीर्घकालीन विद्युत खरिद सम्झौता बैठकमा छलफलको प्राथमिकतामा रहेको प्रवक्ता भेटुवालले जानकारी दिए ।

ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट थप विद्युत् निर्यात गर्ने विषय बैठकको एजेण्डा हो । हाल प्रशारणले ६ सय मेगावाटसम्म विद्युत् निर्यात गर्ने अनुमति दिएको छ । यसका साथै बैठकमा ४०० केभी–न्यू बुटवल–गोरखपुर, दुहबी–पूर्णिया र लम्की–बरेली अन्तरदेशीय प्रसारण लाइनबारे पनि छलफल हुनेछ ।

त्यसैगरी बैठकमा नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत् निर्यात गर्न प्रस्तुत गरेका आयोजनालाई अनुमोदन गर्न नेपाली पक्षले प्रस्ताव गर्नेछ । संयुक्त बैठकले नयाँ बुटवल–गोरखपुर प्रसारण लाइन निर्माण र भारतको सतलुज जलविद्युत निगमले निर्माण गरिरहेको विद्युत् आयोजनाको प्रगति प्रतिवेदनको मूल्याङ्कन र समीक्षा गर्नेछ ।

गत वर्ष काठमाडौंमा भएको नवौं संयुक्त स्टेयरिङ बैठकले संयुक्त जलविद्युत आयोजनाको सहजीकरणका लागि नेपाल र भारतका तीन–तीन सदस्यको संयुक्त प्राविधिक टोली गठन गरेको थियो र बैठकले टोलीका गतिविधिको समीक्षा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 February 2023
Website | + posts
ताजा
खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव
प्रधानमन्त्री ओली प्रतिनिधि सभामा सांसदहरूसँग प्रश्नोत्तरमा सहभागी नहुने
नाइजेरियाको एक मस्जिदमा आक्रमण हुँदा २७ जनाको मृत्यु
बुधबार सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू