विद्या आर्जन इंग्लिश स्कूलमा जूनियर एजुकेशन एक्सपो २०८१ सम्पन्न

विद्या आर्जन इंग्लिश स्कूलमा जूनियर एजुकेशन एक्सपो २०८१ सम्पन्न : Icon Khabar

भक्तपुर, चैत ११ । भक्तपुरको आदर्शमा अवस्थित विद्या आर्जन इंग्लिश स्कूलमा जुनियर एजुकेशन एक्स्पो सम्पन्न भएको छ।

विद्यार्थीहरूको शैक्षिक, मानसिक र व्यवहारिक क्षमता अभिवृद्धि गर्न आयोजना गरिएको जूनियर एजुकेशन एक्सपो २०८१ इसानको केन्द्रिय अध्यक्ष प्रेमजन थापाले विरुवामा पानी र्अपण गरि उद्घाटन गरे। विद्यार्थीहरूका लागि लक्षित यो एक्सपोमा व्यावहारिक ज्ञान, मानसिक खेल तथा प्रतिस्पर्धाहरू समावेश गरिएका थिए।

एक्स्पोको उद्वेश्य व्यवहारिक सिकाइ थियो। विद्यार्थीहरूका लागि सैदान्तिक मात्र नभई व्यवहारिक प्रयोग तथा अनुभवमा आधारित सिकाइ केन्द्रमा राखिएको थियो।

स्कूलका प्रिन्सिपल पुरुषोत्तम ग्वाछाले भने,’ हाम्रो उद्देश्य विद्यार्थीहरूलाई किताबको ज्ञान मात्र नभई व्यवहारिक रूपमा समस्या समाधान गर्न सक्षम बनाउनु हो। यो एक्सपोले उनीहरूलाई नयाँ प्रविधि, अनुसन्धान विधि, र सीप सिक्न अभिप्रेरित गर्यो। व्यवसायिक तथा जीवन उपयोगी सीप – टिम वर्क, नेतृत्व विकास, समस्या समाधान तथा वित्तीय साक्षरता जस्ता व्यावहारिक ज्ञान। स्वास्थ्य तथा सुरक्षासम्बन्धी प्रशिक्षण – प्राथमिक उपचार, आपतकालीन स्थितिमा गर्नुपर्ने कार्यहरू। विद्यार्थी र अभिभावकका लागि अवसर यस एक्सपोमा विद्यार्थीहरूले केवल ज्ञान लिने मात्र होइन, आफ्ना सीपहरू प्रयोगमा ल्याउने अवसर पाए। अभिभावकहरूले पनि आफ्ना बालबालिकाको सिकाइ प्रक्रियामा सहभागिता जनाउन पाए।’

अभिभावकको बलराम न्हिसुतूका अनुसार, विद्यार्थीहरूले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक शिक्षा प्राप्त गर्न सके भने उनीहरूको सिकाइ अझ प्रभावकारी हुने बताए। यस्ता कार्यक्रमले उनीहरूलाई वास्तविक जीवनका चुनौतीहरू सामना गर्न तयार पार्नेमा जोड दिए।

प्रमुख अतिथि इसानका केन्द्रिय अध्यक्ष प्रेमजन थापाले विजेताहरूलाई पुरस्कार वितरण गर्दै भने, ‘विद्यार्थीहरूले व्यावहारिक ज्ञानमार्फत आफ्नो क्षमता देखाएका छन्। यस्ता कार्यक्रमहरूले उनीहरूलाई वास्तविक जीवनमा सफल हुन सहयोग गर्छ ।

विद्यार्थीहरूका लागि जूनियर एजुकेशन एक्सपो २०८१ केवल एउटा शैक्षिक कार्यक्रम मात्र नभई नयाँ प्रविधि सिक्ने, व्यावहारिक सीप विकास गर्ने र सिर्जनशीलताको अवसर प्रदान गर्ने महत्वपूर्ण पहल बनेको छ। विद्यार्थीहरू, शिक्षकहरू र अभिभावकहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता महसुस गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 March 2025
Website | + posts