प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीचको छलफलमा के भयो निर्णय ?

प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीचको छलफलमा के भयो निर्णय ? : Icon Khabar

काठमाडौं, चैत ११ । सत्तारूढ र प्रमुख प्रतिपक्ष दलको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सकिएको छ। शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउन कांग्रेस, एमाले, माओवादीबीच बैठक भएको हो । बैठकमा प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए ।

त्यस्तै बैठकमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेल, माओवादी उपमहासचिव शक्ति बस्नेत र विज्ञ खिमलाल देवकोटा पनि उपस्थित थिए । बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोग गठनबारे छलफल भएको प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिए ।

बैठकमा भएको छलफलका बारेमा जानकारी दिँदै खरेलले भने, ‘आजको छलफल संक्रमणकालीन न्यायसँग सम्बन्धित २ वटा आयोग गठन गर्ने विषयसँग गाँसिएको थियो । केही समयअगाडि दुइटै आयोग गठन गर्न बनेको सर्च कमिटीले तयार पारेको प्रतिवेदनका बारेमा पनि छलफल भयो । दलहरूका बीचमा सहमति बनाएर अगाडि बढ्ने कुरा भयो ।’

उनले भने, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन–२०७१ दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस समिति(सर्च कमिटी) गठन प्रक्रिया अगाडि बढाउन दुवै दलका नेताहरूसँग प्रधानमन्त्रीले परामर्श गर्नुभयो । त्यही परामर्शबमोजिम अब सिफारिस समिति गठन प्रक्रिया अगाडि बढ्छ ।’

पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा गठित सिफारिस समितिले दुई महिना लामो दौडधुपपछि पनि गत पुस १ मा नाम दिन नसकेपछि यी दुई आयोग गठन प्रक्रिया रोकिएको थियो । दुवै आयोगमा दलहरूले आफ्नो सिफारिसका व्यक्ति नियुक्त गर्न दबाब दिएपछि मिश्रले आफू नेतृत्वको समिति नाम चयन गर्न असफल भएको भन्दै सरकारलाई पुनः प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए ।

मिश्र नेतृत्वको पाँच सदस्यीय समितिले आह्वान गर्दा निवेदन दिएका १५६ उम्मेदवारमध्येबाट आठ जना अध्यक्षका लागि र ३२ जना सदस्यका लागि छनोट चरणमा नाम छानेको थियो । त्यसमध्ये कसलाई छान्ने भन्नेमा समितिको अधिकारमा दलीय हस्तक्षेप भएपछि मिश्रले सिफारिस बिना नै समितिबाट बिदा लिएका थिए ।

Published Date: 24 March 2025
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय