प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीचको छलफलमा के भयो निर्णय ?

प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीचको छलफलमा के भयो निर्णय ? : Icon Khabar

काठमाडौं, चैत ११ । सत्तारूढ र प्रमुख प्रतिपक्ष दलको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सकिएको छ। शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउन कांग्रेस, एमाले, माओवादीबीच बैठक भएको हो । बैठकमा प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए ।

त्यस्तै बैठकमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेल, माओवादी उपमहासचिव शक्ति बस्नेत र विज्ञ खिमलाल देवकोटा पनि उपस्थित थिए । बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोग गठनबारे छलफल भएको प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिए ।

बैठकमा भएको छलफलका बारेमा जानकारी दिँदै खरेलले भने, ‘आजको छलफल संक्रमणकालीन न्यायसँग सम्बन्धित २ वटा आयोग गठन गर्ने विषयसँग गाँसिएको थियो । केही समयअगाडि दुइटै आयोग गठन गर्न बनेको सर्च कमिटीले तयार पारेको प्रतिवेदनका बारेमा पनि छलफल भयो । दलहरूका बीचमा सहमति बनाएर अगाडि बढ्ने कुरा भयो ।’

उनले भने, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन–२०७१ दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस समिति(सर्च कमिटी) गठन प्रक्रिया अगाडि बढाउन दुवै दलका नेताहरूसँग प्रधानमन्त्रीले परामर्श गर्नुभयो । त्यही परामर्शबमोजिम अब सिफारिस समिति गठन प्रक्रिया अगाडि बढ्छ ।’

पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा गठित सिफारिस समितिले दुई महिना लामो दौडधुपपछि पनि गत पुस १ मा नाम दिन नसकेपछि यी दुई आयोग गठन प्रक्रिया रोकिएको थियो । दुवै आयोगमा दलहरूले आफ्नो सिफारिसका व्यक्ति नियुक्त गर्न दबाब दिएपछि मिश्रले आफू नेतृत्वको समिति नाम चयन गर्न असफल भएको भन्दै सरकारलाई पुनः प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए ।

मिश्र नेतृत्वको पाँच सदस्यीय समितिले आह्वान गर्दा निवेदन दिएका १५६ उम्मेदवारमध्येबाट आठ जना अध्यक्षका लागि र ३२ जना सदस्यका लागि छनोट चरणमा नाम छानेको थियो । त्यसमध्ये कसलाई छान्ने भन्नेमा समितिको अधिकारमा दलीय हस्तक्षेप भएपछि मिश्रले सिफारिस बिना नै समितिबाट बिदा लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
Published Date: 24 March 2025
Website | + posts


ताजा
अरनिको राजमार्ग तत्काल खुलाउन मन्त्री घिसिङद्वारा सडक विभागलाई निर्देशन
अरनिको राजमार्गको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग
काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थाल्यो
सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो