सन् २०३० सम्ममा क्षयरोग (टीबी) अन्त्यका गर्न विश्व स्वास्थ्य सङ्गठनको आह्वान

सन् २०३० सम्ममा क्षयरोग (टीबी) अन्त्यका गर्न विश्व स्वास्थ्य सङ्गठनको आह्वान : Icon Khabar

मनिला, चैत ११ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युुएचओ) ले सोमबार सदस्य राष्ट्रहरूलाई सन् २०३० सम्ममा क्षयरोग (टीबी) अन्त्यका लागि तत्काल ‘निर्णायक कदम’ चाल्न आह्वान गरेको छ । डब्ल्यूएचओले विश्व टीबी दिवसको अवसरमा प्रकाशित प्रेस विज्ञप्तिमा यस्तो आह्वान गरेको हो ।

विज्ञप्तिअनुसार सन् २०२३ मा अनुमानित १९ लाख व्यक्तिमा क्षयरोगको नयाँ सङ्क्रमितहरूको दर्ता भएकोमा ९५ हजार जनाको मृत्यु भएको तथा परिवार र समुदायमा यस रोगको प्रभाव बढ्दै गएको बताएको छ । पश्चिमी प्रशान्त क्षेत्रका लागि डब्ल्युएचओको क्षेत्रीय निर्देशक साइया माउ प्युकलाले जटिल क्षयरोगले जीवन बचाउने अवसर गुमाउँने बताउनुभएको छ ।

उहाँले भन्नुभयो,“जोखिममा रहेका व्यक्तिले समयमै, रोगको निदान सुनिश्चित गर्दै आफ्ना प्रतिबद्धतालाई निर्णायक कार्यमा परिणत गर्नुपर्ने अवस्था आएको छ ।” डब्ल्युएचओका अनुसार, क्षयरोग ब्याक्टेरियाद्वारा हुने एउटा सङ्क्रामक रोग हो जसले फोक्सोमा असर गर्छ । क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा वा थुक्दा हावामा यसका किटाणु फैलिन्छन् र हावाको माध्यमबाट अन्य मानिसमा योसर्छ । यसलाई विशिष्ट एन्टिबायोटिकले निको पार्न सकिने भएता पनि अझै पनि सङ्क्रमणबाट धेरै मानिसहरूले ज्यान गुमाइरहेका छन् । – रासस/सिन्ह्वा

Published Date: 24 March 2025


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु