नमोबुद्धमा स्थापना भयो पर्यटन सूचना केन्द्र

नमोबुद्धमा स्थापना भयो पर्यटन सूचना केन्द्र : Icon Khabar

काभ्रेपलाञ्चोक, चैत १ । धार्मिक एवं पर्यटकीयस्थल नमोबुद्धमा पर्यटन सूचना केन्द्र स्थापना भएको छ । कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा नमोबुद्ध नगरपालिका–१मा केन्द्र स्थापना गरिएको हो ।

केन्द्रमार्फत नमोबुद्ध क्षेत्र एवं नगरका बारेमा जिज्ञासुलाई जानकारी दिइने छ । केन्द्र निर्माणका लागि कोइकाले रु २६ लाख र नमोबुद्ध नगरपालिकाले रु १० लाख लगानी गरेका नगरप्रमुख कुन्साङ लामाले बताए ।

केन्द्रसँगै स्थानीयस्तरमा उत्पादित जैविक सागसब्जी बिक्रीकक्ष पनि स्थापना गरिएको छ ।

Published Date: 14 March 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर