स्वरोजगार लघुवित्तको एफपिओ बाँडफाँट

स्वरोजगार लघुवित्तको एफपिओ बाँडफाँट : Icon Khabar

काठमाडौँ, चैत १ । स्वरोजगार लघुवित्तको एफपिओ आज (शुक्रबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा एफपिओ बाँडफाँट भएको हो।

जसमा १९ हजार ५७७ जनाले सेयर पाएका छन्। जसमध्ये १९ हजार ५७४ जनाले १० कित्ताका दरले र ३ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन्।

उक्त एफपिओमा १७ लाख ८० हजार ४५७ जनाले कुल २ करोड १७ लाख १५ हजार ७५० कित्ताको लागि आवेदन दिएका थिए। जसमा २ हजार ६६४ जना आवेदकको आवेदन रद्द भएको थियो।

रितपूर्वक आवेदन दिएका १७ लाख ७७ हजार ७९३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो। कम्पनीले फागुन १८ गतेदेखि २१ गतेसम्म उक्त एफपिओ निष्कासन गरेको थियो।

लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट एफपिओको नतिजा हेर्न सक्नेछन्।

साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

Published Date: 14 March 2025
ताजा
मंगलबार नेप्से परिसूचक २४.६३ अंकले घट्यो
भेनेजुएलाको भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त
इम्युनिटी पावर बलियो बनाउन गर्मीमा पिउनुस यी पेय पदार्थहरू
काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी